अनखबर
बुटवल उपमहानगरपालिका–१२ नयाँगाउँ मिलनचोकमा मोटरसाईकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । लु ६ प ३६५२ नम्बरको मोटरसाईकल तीव्र गतिको कारण आफैं अनियन्त्रीत भएर पल्टदा एउटै बाईकमा सवार दुई जनाको निधन भएको हो । गैडहवा गाउँपालिका हात्तिबजारका २० बर्षिय राहुल थापा र सोही ठाउँका २० बर्षीय प्रेम रुचालको निधन भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । दुर्घटनामा घाईते भएका २१ बर्षिय विमल रानाको लुम्बिनी प्रादेशिक अस्पाल बुटवलमा उपचार भैरहेको छ । (फाईल फोटो )