भोली संसदमा एमसीसी सम्झौताको टेबुल गरिने भएपछि विप्लव नेतृत्वको नेकपासहित मोर्चाबन्दी गरेका ६ दलको नेपाल बन्दको आव्हान गरेका छन् ।
देशको लागि घातक मानिएको MCC सम्झौता विरुद्ध निरन्तर रुपमा नेपाल कम्युनिष्ट पार्टी लगायतका केहि दल , मोर्चा र आम जनसमुदाय निरन्तर रुपमा आन्दोलनरत छन । जनताको मागलाई वेवास्ता गर्दै mअअ पास गर्न कै लागि नेपालका केही ठुला दलका नेता र सरकार लागिपरेको देखिन्छ ।

आम जनसमुदायले विभिन्न खाले आन्दोलनका कार्यक्रम गरेतापनि सरकारले गरेको अटेरिका कारण बाध्यताबस भोलि फागुन ४ गते नेपाल कम्युनिस्ट पार्टी सहित ५ पार्टी र १ मोर्चाले नेपाल बन्दको आह्वान गरेको छ । यसअघि एमसीसिको विपक्षमा रहेका दलहरुपनि न्यायधिसलाई महाअभियोग लगाएसँगै एमसीसीको पक्षमा देखिएका छन्, भोली एमालेले पनि संसदहरुलाई बैठकमा अनिवार्य बोलाएको छ । यसअघि खुलेरै टेबुल गर्न नमानेका सभामुख पनि तटस्थ रहेका छन्, भोली टेबुल गरी छोटो बाटोबाट सम्झौता अनुमोदन गर्ने तयारी दलहरुको देखिन्छ । यता नेकपाले पनि भोलीको बन्द आक्रमक गर्ने बताएको छ ।