अनखबर
विप्लव नेतृत्वको नेकपा सहित ५ दलीय मोर्चाद्धारा आव्हान गरिएको नेपाल बन्द गर्न आव्हान गर्ने क्रममा नेकपा रुपन्देहीका जिल्ला सदस्य नविन थारु (नाथु), युवाका संयोजक सन्तोष सुवेदीसहित ९ जना गिरफ्तार भएका छन् । थारु सहित , युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही जिल्ला इन्चार्ज सन्तोष सुवेदी, माधव न्यौपाने, रामबहादुर थारुलगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीका नेता प्रेम सुवेदी, प्रगति राना, राजु भुजेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका शसी विक, तुलराज विकलगायत नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई प्रहरीले बुटवल बसपार्कबाट गिरफ्तार गरेको हो, बन्द गर्न आव्हान गर्दै हिडेका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार उनलाई ईलाका प्रहरी कार्यालय बुटवलमा राखीएको छ ।एमसीसिको विरोध गर्दै नेकपासहितका ५ दलीय मोर्चाले हिजो बन्दको आव्हान गरेको थियो। । बुटवल लगायत देशैभरी बन्दको प्रभाव विहानैदेखी परेको छ ।