अनखबर
जेष्ठ २ गतेदेखी भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले अन्तराष्ट्रिय जहाजहरु उडाउने भएको छ । बहुप्रतिक्षित अन्तराष्ट्रिय उडानको मिति क्यालिब्रेशनसँगै तय भएको हो ।क्यालिब्रेशन फलाईटको लागी थाईल्याण्डबाट एरो थाईको विमानस्थल भैरहवामा आईसेकको छ । आगामी २ जेठ बुद्ध पूर्णिमा देखि व्यावसायिक उडान सुरु हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान गर्ने मिति आगामी बुद्ध पूर्णिामाको दिनलाई तोकेको हो ।
प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीका अनुसार विमानस्थलको व्यावसायिक सञ्चालन गर्न एक समिति गठन गरिएको छ । सो समितिले तोकिएको समयमा व्यावसायिक उडान गर्नेगरी काम गर्न जिम्मेवारी दिएको उनले बताए ।
यो विमानस्थलमा शुक्रबारबाट क्यालिब्रेसन उडान सुरु हुँदैछ । क्यालिब्रेसन फ्लाइटका लागि बिहीबार मात्रै थाइल्याण्डबाट यरो थाइको जहाज नेपाल आइपुगेको छ । त्यसपछी परीक्षण उडान हुनेछ । परीक्षण उडानपछि व्यवसायीक उडानको तयारी गरिने उनको भनाइ छ ।