बुटवल–११
देविनगर स्थीत आरती बहुउद्देश्यीय सहकारी संस्था लि.ले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
रक्तदान जीवन दान भन्ने उद्देश्यले कार्यक्रम आयोजन गरेको सहकारी संस्थाका अध्यक्ष खडक बहादुर थापाले बताए । आरती बहुउद्देश्यीय सहकारी संस्थाले वर्षको चार पटक रक्तदान कार्यक्रम आयोजना गरिरहेको अध्यक्ष थापाले बताए ।
सहकारी संस्थाले आयोजना गरेको रक्तदान कार्यक्रममा ५७ युनिट रगत संकलन भएको सचिव हेमराज थापाले बताए । एक व्यक्तिको बढी भएको रगतले अर्काको जिवनको रक्षा गर्ने भएकाले रगतको बढी महत्व भएको उपस्थित रक्तदाताले बताए ।
यस्ता कार्यक्रमले समाजमा राम्रो संदेश दिने भएकाले आगमी दिनमा पनि रक्तदान कार्यक्रम आयोजना गरिरहने संस्थाका व्यवस्थापक नारायण आत्रेयले बताए ।
कार्यक्रम कृष्णा कुमारि घर्ति (जेष्ठ नागरिक सदस्य) को प्रमुख आतित्यता तथा संस्थाका संचालक कृष्ण बहादुर जि.सीको संयोजकत्वमा सम्पन्न भएको थियो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संञ्चार केन्द्रकी प्राविधिक रचना कुमाल तथा सहकारीका सम्पूर्ण कर्मचारीहरुको उपस्थिती रहेको थियो ।


बिमा रकम हस्तान्तरण सम्बन्धमा
आरती बहुउद्देश्यीय सहकारी संस्था ले संस्थाले सामुहिक दुर्घटना बिमा रकम हस्तान्तरण गरेको छ । संस्थाका शेयर सदस्य श्री बुद्वि बहादुर माझी (सदस्यता नं.२२९२) को मिती २०७८ असार २३ गतेका दिन मोटरसाईकल दुर्घटनामा परि असामहिक निधन भएको थियो । संस्थाले दुर्घटना बिमाकोष अन्तर्गत सम्पूर्ण सदस्यहरूको रु.२ लाख बराबरको निःशुल्क दुर्घटना बिमा गर्दै आएको छ उक्त बिमा रकम निजको आमा लक्ष्मी माझीलाई संस्थाका अध्यक्ष श्री खडक बहादुर थापाले प्रदान गर्नुभयो ।