अनखबर
नेकपा कपिलवस्तुका नेता गणेश चौधरी र युवानेता लोकेन्द्र खड्का जेलबाट मुक्त भएका छन् । सरकारले नेकपामाथि प्रतिबन्ध लगाएको समय गिरफ्तार भएका कपिलवस्तुका जिल्ला सदस्य चौधरी १८ महिनापछि जेलमुक्त भएका हुन ।

भने युवानेता खड्का गत सोमबार केन्द्रिय कारागार नख्खुबाट रिहा भएका हुन् ।
खड्का २०७५ साल चैत ९ गते काभ्रेको खानीखोलामा नेकपाका तत्कालीन स्थायी समिति सदस्य एवम् मध्यकमान्ड इन्चार्ज सुदर्शनसँगै गिरफ्तार भएका थिए । उनी नेकपा नेता सुदर्शनको सचिवालयमा कार्यरत थिए । उनलाई हातहतियार, खरखजाना, राजद्रोह, राज्यविरुद्धको अपराधलगायत झूट्टा मुद्दा लगाइएको थियो ।नेता सुदर्शनसँगै गिरफ्तार भएका नौजनामध्ये अझै दुईजना जेलमै छन् । सँगै गिरफ््तारमध्ये युवा नेता बुद्ध स्याङ्तान र रामकृष्ण खतिवडा पनि जेलमै छन् ।


३ बुँदे सहमतिपछि पार्टीमाथि लागेको प्रतिबन्ध हटे पनि बाँकी सहमति कार्यान्वयन नभएको पार्टीका प्रवक्ता प्रकाण्डले बताउँछन्, सरकारसँग वार्ता हुँदा १४३ जना जेलमा थिए भने हालसम्म ३० जना नेता कार्यकर्ता जेलबाट छुटिसकेका छन् अझै झण्डै १ सय १५ जना नेता जेलमा रहेको नेकपा स्रोतले बताएको छ । उनीहरु पनि सरकारको बार्तापछि छुटेका हैनन, उनीहरु सबैले कानुनी लडाई पूरा गरेरै छुटेका हुन् ।