अनखबर
नेपाली राजनीति अप्रत्यक्ष रुपमा स्थानीय चुनावमा केन्द्रित भएको छ । सरकार र निर्वाचन आयोग विच निर्वाचन मितिको बिषयलाई लिएर वैशाख ३० गतेलाई टुंगो भएपछि सिङ्गो देश समेत आन्तरिक चुनावी माहोलको लयमा गएको देखिन्छ भने विभिन्न राजनीतिक दलहरूमा समेत त्यसको स्वभाविक आन्तरिक र बाह्य प्रभाव परेको छ ।यता स्याङ्जामा समेत सत्तारूढ नेपाली काङ्ग्रेस,प्रमुख प्रतिपक्ष नेकपा एमाले,सत्तारूढ माओवादी केन्द्र,माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, लगायतका दलहरूको आन्तरिक अभियान चुनाव लक्षित देखिन्छ ।

 

२०७४ को स्थानीय तहको चुनावमा स्याङ्जाका ११ स्थानीय तहमध्य ६ वटा स्थानीय तहमा एमालेले जित हासिल गरेको थियो भने ५ वटा स्थानीय तहमा काङ्ग्रेस विजयी भएको थियोे ।स्याङ्जाका ४ नगरपालिका मध्य वालिङ नगरपालिका,भिरकोट नगरपालिका र चापाकोट नगरपालिकामा काङ्ग्रेस विजयी भएको थियो भने गल्याङ र पुतलीबजार नगरपालिकामा एमाले विजयी भएको थियोे । गाउँपालिकाहरु मध्य ५ वटा स्थानीय तहहरुमा कालिगण्डकी,हरिनास,फेदीखोला,बिरुवा,आधिंखोलामा एमाले विजयी भएको थियो भने अर्जुनचौपारीमा काङ्ग्रेस विजयी भएको थियोे । तुलनात्मक ढंगले काङ्ग्रेसको प्रभाव मानिएको स्याङ्जामा २०७४ को स्थानीय,प्रदेश र संघीय निर्वाचन परिणामले कम्युनिस्टहरुको बलियो प्रभावक्षेत्र बनेको टिप्पणी गरिन्छ ।सरकार र निर्वाचन आयोग विच वैशाख ३० गते निर्वाचन गर्ने बिषयमा संवाद र तयारी भईरहेका बेला स्याङ्जाका स्थानीय तहमा समेत स्याङ्जाका क्रियशिल राजनीतिक दलका नेताहरू स्थानीय सरकारको नेतृत्वका लागि आकांक्षा,दावी र चर्चा चलाएका छन् ।
केही महिना अगाडि सम्पन्न काङ्ग्रेस,एमाले र माओवादी केन्द्रका स्थानीय,जिल्ला र केन्द्रको महाधिवेशनमा समेत स्थानीय तहको नेतृत्वका बिषयलाई सौदाबाजी बनाएर नेतृत्व टुंगाएको बुझिन्छ ।स्याङ्जाका ११ स्थानीय तहमा केन्द्र,प्रदेश,जिल्ला र पार्टीका स्थानीय नेताहरू पालिकाको प्रमुख,उपप्रमुख,वडा अध्यक्ष र वडा सदस्यको टिकट र निर्वाचन जित्ने रणनीति अन्तर्गत भेटघाट,छलफल र संवाद बढाउदै लगेका छन् ।काङ्ग्रेस र एमाले एक्लाएक्लै लड्ने रणनीतिमा देखिन्छन् भने माओवादी केन्द्र,एकीकृत समाजवादी लगायतका दलहरू भने केन्द्रीय गठबन्धनको निर्णयको प्रतिक्षामा देखिन्छन् ।

  

विप्लव नेतृत्वको नेकपा भने निर्वाचनमा सहभागी हुने वा बहिष्कार गर्ने निर्णय भईसकेको छैन् ।यस्तै मौलिक जरोकिलो,राष्ट्रिय जनमोर्चा,मोहन बैधको क्रान्तिकारी माओवादी,बाबुराम भट्टराईको जसपा लगायतका दलहरूले समेत आन्तरिक छलफल र गृहकार्य बढाएका छन् ।स्याङ्जाका सबै स्थानीय तहमा माओवादी केन्द्र र माधवकुमार नेपालको समाजवादी संगठन बिस्तारमा लागिरहेका छन् ।यता स्याङ्जाको सबैभन्दा धेरै जनसंख्या भएको महत्त्वपूर्ण स्थानीय तह मानिएको वालिङ नगरपालिकामा सत्तारूढ काङ्ग्रेस र एमाले वृत्तमा भावी नगर नेतृत्वको बिषयमा अनौपचारिक चर्चा परिचर्चा सुरु भएको छ ।अगिल्लो स्थानीय तहको निर्वाचनमा नगर प्रमुखमा काङ्ग्रेस तर्फबाट विजयी दिलिप प्रताप खाणंले एमाले उम्मेदवार पुन्य प्रसाद अर्याललाई हराएका थिए । अबको निर्वाचनमा समेत स्वंम खांणले नै दोहोरिने संकेत देखाएको निकट स्रोतले बतायो,यद्यपि काङ्ग्रेसले खांणलाइ संघीय सांसदको टिकट दिएमा मात्रै उनले मेयरको दाबी छाड्ने देखिन्छ । अन्यथा खांण दोहोरिने लगभग निश्चित छ–स्रोतले अकला आवाजलाई बतायो ।
खांणको विकल्पमा काङ्ग्रेसले वर्तमान उपप्रमुख कल्पना तिवारीलाई मेयरको दावेदार बनाउने बुझिन्छ,तर मेयरको टिकट नपाउने अवस्थामा तिवारी प्रदेश सांसदको बलियो दाबेदार हुने छिन् । तर कल्पनालाई मेयरको टिकट दिएको खण्डमा उपमेयरमा वसन्त मल्ल,पदम गुरुङको समेत चर्चा चल्ने गरेको छ ।
काङ्ग्रेस भित्र वालिङको मेयरमा कतिपयले विष्णु पौडेल,अर्जुनप्रकाश अर्याल,केदार काफ्ले,लक्ष्मि रेग्मी,अर्जुन खनाल लगायतको समेत बलियो दाबी रहन सक्ने चर्चा गर्छन् ।वालिङमा काङ्ग्रेस केन्द्रीय सभापति धनराज गुरुङ,प्रदेश उपसभापति कल्पना तिवारी र जिल्ला सभापति राजु थापाको जोडबल पुग्ने भएकोले अहिले दिलिपप्रताप खांणलाई समेत मेयरको टिकटलाई त्यति सहज भने छैन् ।कतिपयले खांण मेयरमा दोहोरिने अवस्थामा उपमेयरमा कविता गैरे बलियो दाबेदार भएको जिकिर गरेका छन् ।काङ्ग्रेस राजनीतिमा तुलनात्मक रुपमा स्वच्छ छवि बनाएका भोजराज अर्यालको बारेमा समेत वालिङको मेयरमा चर्चा छ । यस्तै काङ्ग्रेसबाट उपमेयरमा युगमाया पंगेनी समेत चर्चामा छन्

यता प्रतिपक्ष एमालेले स्थानीय वालिङ सरकारको नेतृत्व जसरी पनि आफ्नो बनाउने रणनीतिमा छ । स्याङ्जाका अन्य स्थानीय तहलाई भन्दा वालिङलाई बिशेश जोडले हेरेको एमालेबाट वालिङको मेयरको उम्मेदवारमा जिल्ला उपाध्यक्ष कृष्ण खांण र नगर अध्यक्ष शोभाकान्त पौडेल बलिया उम्मेदवार रहेको स्रोतले बतायो । यद्यपि एमाले जिल्ला सचिव राजेन्द्र डुम्रे,यश अगाडि मेयरमा पराजित पुन्य अर्याल,उदय श्रेष्ठ,दिलिप बगाले लगायतले समेत इच्छा राख्न सक्ने देखिन्छ–स्रोतले भन्यो ।भने उपमेयरमा मञ्चु केसी,खगिसरा थापा र अनुपंमा ढुङ्गानाको चर्चा चलेको बुझिएको छ ।वालिङको स्थानीय राजनीतिमा काङ्ग्रेसका दिलिप प्रताप खांण र एमालेका कृष्ण खांण नगर प्रमुखमा नभिड्ने आकांलन समेत गरिएको छ ।काङ्ग्रेस र एमालेका उपल्लो तहका नेताले दुई खाणंलाइ वालिङको मेयरमा भिडाएर परिस्थिति नयाँ बनाउन खोजेको अनुमान स्याङ्जा राजनीतिमा गरिएको छ तर कतिपयले त्यो सम्भावनालाई भने नर्काछन ।
वालिङको निर्वाचनमा माओवादी केन्द्र,विप्लव नेकपा,समाजवादी समेत निर्णायक देखिन्छन् ।वालिङमा कतिपयले स्वतन्त्र उम्मेदवारी दिने सम्भावना पनि बढेको देखिन्छ ।यता भिरकोट नगरपालिकामा मेयरका लागि काङ्ग्रेसबाट ७ उम्मेदवारको चर्चा चलिरहेको छ ।

खोला वारि र पारीको राजनीतिक पेचिलो द्वन्दमा रहेको भिरकोटमा हालका नगरप्रमुख छायांराम खनाल,यस अगाडिको निर्वाचनमा टिकट सुनिश्चित गरेर काठमाडौ थानकोटबाट ओरालो लागेपछि टिकट खोसिएको तोयानाथ अर्याल,पुर्व गाविस अध्यक्ष गोविन्द कर्माचार्य,काङ्ग्रेस नगर सभापति याम प्रसाद अधिकारी(लक्ष्मण),काङ्ग्रेस नगर सभापतिमा पराजित दिपेन्द्र केसी,हालका उपमेयर सिमा कर्मचार्या र व्यवसायी पिताम्बर श्रेष्ठले दाबी गर्न सक्ने स्रोतले बताएको छ । तर यश अगाडि स्याङ्जा काङ्ग्रेसको जिल्ला सभापतिमा दाबी पेश गरी भिरकोटको मेयरको टिकट सुनिश्चित गरेर सभापतिको उम्मेदवारी बाट पछि हटेका छायांराम खनाललाई नै भिरकोटका बलियो उम्मेदवार मानिन्छन् तर कतिपय युवाहरूले भने लक्ष्मण अधिकारीलाई मेयर बनाउन दबाब दिएको स्रोत बताउँछ ।
यद्यपि गोविन्द कर्मचार्या प्रदेश मन्त्री मेखलाल श्रेष्ठको रोजाईको पात्र भएकोले कर्मचार्या समेत बलियो उम्मेदवार मानिन्छन् । कर्मचार्याले यो पटक पनि टिकट नपाए सक्रिय राजनीतिबाट विदा हुने मानसिकतामा पुगेको स्रोत बताउछ्भिरकोट काङ्ग्रेस भित्र आन्तरिक मतभेद पेचिलो बन्दै गएको देखिन्छ ।यता एमालेबाट यस अगाडि मेयरमा पराजित सन्तोष केसी,एमाले नगर अध्यक्ष विश्वनाथ अर्याल,डोलराज ढुङ्गाना र एमाले नेता हर्क बहादुर गुरुङको चर्चा बलियो छ ।भने उपप्रमुखमा मिठु अधिकारी,सवित्रा रेग्मीको चर्चा चल्ने गर्छ । भिरकोटमा माओवादी केन्द्रको समेत बलियो उपस्थिती देखिन्छ ।यस्तै गल्याङ नगरपालिकामा मेयरका लागि काङ्ग्रेसबाट ४ आकांक्षी हुन सक्ने देखिन्छ काङ्ग्रेस जिल्ला सचिव गुरु प्रसाद भट्टराई, प्रदेश निर्वाचन क्षेत्र (ख)का सभापति महेश भट्टराई र नगर सभापति श्याम प्रसाद बस्याल र महेन्द्र श्रेष्ठ काङ्ग्रेसबाट गल्याङ मेयरका बलिया दाबेदार हुन ।

भने उपमेयरमा खगिसरा भण्डारी र हेमा न्यौपानेको चर्चा छ। भने एमालेबाट भुपराज अधिकारीनै दोहोरिने करिब निश्चित देखिन्छ,गल्याङ एमालेमा अधिकारीको बलियो विकल्प देखिदैन,कतिपयले एमाले जिल्ला अध्यक्ष रहेका सुर्य प्रसाद गैरे (पारस) एमालेबाट गल्याङको मेयरको उम्मेदवार बन्न सक्ने अनुमान समेत गरिरहेका छन् । तर उक्त विषयमा अकला आवाजले गैरे संग प्रश्न गर्दा त्यस बारेमा अहिले नसोचेको प्रतिक्रिया दिए ।यद्यपि दानबहादुर थापा,छबिलाल भुषालको समेत गल्याङ एमालेमा चर्चा चल्ने गरेको छ ।एमालेले हालका मेयर अधिकारीले साना किसान मार्फत गाउँ गाउँमा बलियो संगठन बनाएकोले पनि मजबुत उम्मेदवारीको रुपमा अधिकारीनै रहेको स्रोत बताउछ् ।यस्तै कालिगण्डकी गाउँपालिकामा एमालेबाट हालका अध्यक्ष खिम बहादुर थापा दोहोरिने निश्चित छ,यद्यपि बुटवलमा व्यवसाय गरेर स्याङ्जा एमालेलाई आर्थिक सहयोग गर्दै आएका व्यवसायी याम प्रसाद पाण्डे र शोभाकान्त पाण्डेले समेत रुचि देखाएको देखिन्छ तर यता जिन्दगी भर एमालेको झोला बोकेका तत्कालीन चण्डीभञ्ज्याङका एमाले योद्धा कृष्ण बहादुर लामिछानेको मधुरो चर्चा चलेपनि सम्भावना न्यून छ ।


यता काङ्ग्रेसबाट भने धेरै आंकाक्षी छन् मोहन पाण्डे,भागवत प्रकाश मल्ल,शंकर पाण्डे लगायतका नेताहरूको टकराबले कालिगण्डकीमा काङ्ग्रेस भित्र धेरै जनाले दाबी पेश गर्ने बुझिन्छ ।व्यवसायी याम प्रसाद पाण्डे,काङ्ग्रेसका जिल्ला उपसभापति शेर बहादुर राना,माया राना,सुन्दर थापा,चक्रपाणि पाण्डेको चर्चा चलेको छ ।कालिगण्डकी गाउँपालिकामा राष्ट्रिय जनमुक्ति पार्टीको समेत बलियो उपस्थिति छ ।यता चापाकोटमा काङ्ग्रेसबाट हालका मेयर शिव गिरी दोहोरिने बलियो सम्भावना देखिन्छ,यद्यपि काङ्ग्रेसबाट ईश्वर खाणं,रामचन्द्र पंगेनी लगायतले दाबी पेश गर्ने चर्चा भने चलिरहेको छ । यदि गिरीले संघ वा प्रदेशको टिकट पाएको खण्डमा नगर छाड्ने मनस्थितिमा रहेको बुझिएको छ । यद्यपि हालका प्रदेश सांसद भागवत प्रकाश मल्लले काङ्ग्रेस बाट संघीय सांसदको टिकट पाएमा गिरी प्रदेश र ईश्वर खाणलाई चापाकोट नगरको नेतृत्व दिन सक्ने स्रोतले बतायो ।
भने यता उपमेयरमा ईशा रानाको बलियो सम्भावना रहेको स्रोत बताउँछ यद्यपि हालकि उपमेयर बिमला श्रेष्ठलेले समेत पुनः दाबी गर्ने सम्भावना देखिएको बुझिन्छ ।उता एमालेबाट नगर अध्यक्ष राजु कोईराला ,महिला नेतृ सरस्वती भट्टराई र यस अगाडि मेयरमा पराजित बुद्धिमान श्रेष्ठको चर्चा छ ।तर एमाले वृत्तमा मेयरको उम्मेदवारका लागि कोइराला नै उपयुक्त उम्मेदवार भएको चर्चा चल्ने गरेको देखिन्छ ।श्रेष्ठ र भट्टराई यो पटक कोइरालाई छाड्ने मानसिकतामा रहेको स्रोतले बतायो ।यस्तै स्याङ्जाको पुतलीबजार नगरपालिकामा एमालेबाट यस अगाडिका उपमेयर रहेका महेश पुरीको चर्चा छ । हालका मेयर सिमा केसीलाई प्रदेशको समानुपातिक सुचीमा राखेर पुरीलाई मेयरको टिकट दिनसक्ने स्रोतले बतायो ।
पुरीले मेयरको टिकट बलियो बनाउन नारायण मरासिनी कोटाबाट जिल्ला उपाध्यक्षमा उम्मेदवारी दिएर अन्तिममा कृष्ण खांणलाई समर्थन गरेको स्रोतले बतायो तर पुरी नारायण मरासिनी पक्षको मानिएकाले सम्भावना कमजोर देखिन्छ ।यस्तै अगिल्लो चुनावमा बलियो दाबी पेश गरेका अनन्त कुमार श्रेष्ठ समेत मेयरका बलियो दाबेदार मानिन्छन् ।यस्तै तोप बहादुर कार्कीको समेत एमालेबाट मेयरमा चर्चा छ ।यस्तै काङ्ग्रेसबाट यस अगाडि मेयरमा पराजित तुलसी रेग्मी दाबेदार मानिन्छन् यस्तै काङ्ग्रेस नेताहरूको केन्द्र मानिएको पुतलीबजारको मेयरमा कुमार राना,ईन्द्र बहादुर गोदार,भरत लम्साल,सुरज कुमार अधिकारी,श्रीराम उपाध्यको चर्चा काङ्ग्रेस वृत्तमा चलेको छ भने उपमेयरमा हिरादेवी शर्माको चर्चा यथावत छ,शर्मा यस अगाडि उपमेयरमा पराजित हुन ।
यस्तै हरिनास गाउँपालिकामा काङ्ग्रेसबाट अध्यक्षको लागि बलियो दाबेदार काङ्ग्रेस हरिनांसकी अध्यक्ष टोपा भुलेज मानिन्छन्,भुजेल जिल्ला सभापति राजु थापा निकटतम मानिन्छीन् ,यस्तै देव कुमार मानन्धर,ओम बहादुर भट्ट क्षेत्री,कृष्ण चन्द,टोप बहादुर भुजेलको समेत अध्यक्षमा चर्चा छ भने उपाध्यक्षमा माओवादी बाट काङ्ग्रेस प्रवेश गरि यस अगाडि उपाध्यक्षमा पराजित लिला थापा दोहोरिन सम्भावना छ ।यस्तै एमालेबाट हालका अध्यक्ष खिम नारायण मानन्धर अध्यक्षमा दोहोरिने निश्चित भएको विश्वस्त स्रोतले बतायो ।
भने उपाध्यक्षमा झानमाया पराजुलीको एमालेले विकल्प खोजेको बुझिएको छ ।यस्तै बिरुवा गाउँपालिमा एमालेबाट चुन प्रसाद शर्माले दोहोरिने इच्छा देखाएको बुझिएको छ तर एमाले भित्र सुर्य कुवर,प्रकाश थापा,नरु खड्का र यस अगाडि उपाध्यक्षमा विजयी देवी थापाले समेत मौन आकांक्षा राखेको स्रोतले बतायो । भने बिरुवा काङ्ग्रेसकाबाट अध्यक्षमा सभापति डिआर प्रोख्रल र युवराजले केसीको चर्चा छ,पोख्रेल राजु थापा लाइनबाट पालिका सभापतिमा विजयी भएका हुन ।
यस्तै अर्जुनचौपारी गाउँपालिकामा यश अगाडि झिनो मतले अध्यक्ष गुमाएको एमालेबाट अध्यक्ष पदमा हालकी उपाध्यक्ष चिनमाया गुरुङले बलियो दाबी पेश गर्ने स्रोतले बताएको छ । उनलाई कानुनी जटिलता सिर्जना हुन सक्ने स्रोतले बतायो । यस्तै अध्यक्षमा एमालेबाट यश अगाडि पराजित मोहन अधिकारी,चक्र बहादुर गुरुङ,खडानन्द पौडेलको समेत चर्चा छ ।
यता काङ्ग्रेसबाट अध्यक्ष पदमा काङ्ग्रेस पालिका सभापति रहेका बिष्णु काफ्ले,जनकराज खनाल र रामचन्द्र पौडेलको चर्चा चल्ने गरेको छ । काफ्ले जिल्ला सभापति राजुु थापा निकटतम मानिन्छन् ।आधिखोला गाउँपालिकामा एमालेबाट अध्यक्षमा हालका अध्यक्ष सुधिर पौडेल,एमाले जिल्ला उपसचिव विश्व पौडेल बलिया दाबेदार हुन । यद्यपि एमाले गाउँपालिमा अध्यक्ष समेत रहेका सिंह बहादुर क्षेत्रीको समेत चर्चा चल्ने गर्छ ।
तर यता सुधिर प्रदेशमा जाने इच्छा देखाए भने विश्व पालिका अध्यक्षको बलियो दाबेदार भएको स्रोतले बतायो । उता काङ्ग्रेसबाट यश अगाडि पौडेल संग गापा अध्यक्षमा पराजित अर्जुन पौडेल र प्रेमराज पौडेलको बलियो चर्चा छ ।
फेदीखोलामा एमालेले हालका अध्यक्ष घनश्याम सुवेदीलाई नै दोहो¥याउने तयारी गरिरहेको स्रोतले बतायो भने काङ्ग्रेसबाट पालिका सभापति रहेका महेन्द्र थापा र तारापति सुवेदीको बलियो सम्भावना छ । स्याङ्जाको स्थानीय निर्वाचनमा काङ्ग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ,केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ,जिल्ला सभापति राजुु थापा,प्रदेश सांसद भागवत प्रकाश मल्लले समेत आफू अनुकूलका नेताहरूलाई टिकट दिन भुमिका खेल्न सक्ने देखिन्छ भने एमालेमा केन्द्रीय सचिव पद्मा कुमारी अर्याल साथै पृथ्वीसुब्बा गुरुङ र खगराज अधिकारीको टकराबले स्याङ्जा टिकट वितरणमा एमाले भित्र प्रभाव पर्ने देखिन्छ ।यस्तै किशोरबिक्रम मल्ल,नारायण मरासिनी पक्षले समेत आफू अनुकूलका नेताहरूलाई टिकट दिने लभिङ् गर्न सक्ने बुझिएको छ । (अकला आवाजबाट साभार)