अनखबर
स्याङ्जा जिल्लाका पुराना तथा स्थापित कम्युनिस्ट नेता तथा कम्युनिस्ट आन्दोलनका अगुवा जगदीश प्रसाद गैरे माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । वालिङ नगरपालिका १३ पाठखोला निवासी गैरेले केही दिन अगाडि माधवकुमार नेपाल संग भेटघाट गरि पार्टी आन्दोलन र अबको आन्दोलन बारे छलफल गर्दै अन्ततः नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादिको आन्दोलनमा लाग्ने निर्णय गरेको बुझिएको छ ।
राष्ट्रिय जनमोर्चा बाट राजनीति सुरु गरेका गैरे ०६४ मा माओवादी प्रवेश गरेका थिए । पछिल्लो समय सक्रिय राजनीतिमा नरहेका गैरे अन्ततः समाजवादीमा प्रवेश गरेका हुन । गैरेलाई पार्टीको केन्द्रिय परिषद सदस्यको जिम्मेवारी दिएको समाजवादीका जिल्ला अध्यक्ष रामचन्द्र भट्टराईले बताए ।
पछिल्लो समय स्याङ्जामा समाजवादी सक्रियता पुर्वक पार्टी,संगठन बिस्तारमा लागेको छ ।