अनखबर
रुसले युक्रेनमा सैन्य कारबाही सुरु गर्ने घोषणा गरेसँगै विश्वभरका शक्तिहरुवीच टकराव सुरु भएको छ । अमेरिकाले जवाफी कारबाही गर्ने बताईसकेको छ ।
संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेन संकटबारे छलफल चलिरहेको बेला रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सैन्य कारबाहीको घोषणा गरेका हुन् ।
पुटिनले टेलिभिजन सम्बोधनको क्रममा डोनबास क्षेत्रमा विशेष सैन्य अभियान सुरु भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।
यसैबीच राजधानी किभ, डोनेट्स्क र लहान्सक क्षेत्रमा ठूला विष्फोटको आवाज सुनिएको बीबीसीले जनाएको छ । डोनेट्स्क र लुहान्सकलाई रुसले स्वतन्त्र राज्यको मान्यता दिइसकेको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले छिमेकी मुलुक युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका छन्।


समाचार संस्था रोयटर्सका अनुसार पुटिनले बिहीबार पूर्वी युक्रेनमा सैन्य कारबाहीको घोषणा गरेका हुन्।पुटिनले सैन्य कारबाहीसँगै युक्रेनका सैनिकलाई आत्मसमर्पण गर्न माग गरेका छन्। सैन्य कारबाही घोषणा भएसँगै युक्रेनका विभिन्न भागमा बिस्फोटहरू भएको बिबिसीले उल्लेख गरेको छ।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनिओ गुतेरेसले पुटिनलाई आफ्ना सैनिकहरूलाई रोक्न र शान्तिका लागि प्रयास गर्न आग्रह गरेका छन्।
पुटिनको यो घोषणासँगै रूस र युक्रेनको तनाव नयाँ चरणमा पुगेको छ। पुटिनले रूसी र युक्रेनी सेनाबीचको लडाइँ अवश्याम्भावी भइसकेको र यो कहिले हुन्छ भन्ने बाँकी रहेको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरका मानिसहरूको प्रार्थना युक्रेनीका लागि भएको उल्लेख गर्दै पुटिनले यो अन्यायपूर्ण कदमको मूल्य चुकाउनु पर्ने बताएका छन्। ुयो आक्रमणबाट हुने मृत्यु र क्षतिको एक्लो जिम्मेवार रूस हुनेछ। संयुक्त राज्य अमेरिका र यसका मित्र राष्ट्रहरूले एकतावद्ध र निर्णायक तरिकाले यसको जवाफ दिनेछन्। संसारले रूसलाई जवाफदेही बनाउनेछ,ु बाइडेनले भनेका छन्।
रूसको पछिल्लो कदमबारे बाइडेनले अमेरिकी नागरिकलाई आज सम्बोधन पनि गर्दैछन्।