जब दुश्मन आफ्नै साथी निस्कन्छ अनी त्यस्को परिणाम पल शाह र समीक्षाको काण्डजस्तै हुन्छ भन्ने स्पष्ट देखिएको छ । जसलाई ज्यानभन्दा बढी माया गर्थे पल शाहाले उसैले उनको जीवन धरासायी बनाईदिएको छ । हुन त पल शाहा आफैंमा सहि चाही पटक्कै होईनन् उनको जीवनको नालीबेली संघर्षको वा सामाजिक होला त्यो फरक कुरा भयो, तर नाबालिकामाथी जुन ढंगले यौन शोषण गरे त्यो कुरा कानुनत होईन सामाजिक रुपमा पनी स्वीकार्य छदै छैन तर यो अवस्थामा ल्याउन र बाहिर चर्चा गराउनुमा भने पललाई राम्रै सहयोगी माथिनएका दुर्गेश थापा निस्के । उनीसहित केही मानिसको नाम लिदैं आज पलले सार्वजनिक गरेको अडियोबाट उनको एउटा कमजोरीमाथी हानेको अर्काे दाउ हो भन्ने कुरा प्रष्ट देखिन्छ । यता गायक दुर्गेश थापाले अभिनेता पल शाहबाट पीडित बनेका नाबालिगलाई आफूहरूले मद्दत गर्ने प्रयास मात्र गरेको स्पष्ट पारेका छन् । शाहले सामाजिक सञ्जालमार्फत आफूलाई नियोजित रूपमा फसाउन थापालगायतले षडयन्त्र गरेको आरोप लगाएका थिए ।
थापाले भने, ‘गल्ती गर्ने ऊ, दोष चाहिँ हामीमाथि । एकजना नाबालिग ऊबाट पीडित भएकी छन् । ती नाबालिगलाई न्याय दिलाउन हामीले सहयोग गरेका हौँ । ती नाबालिगले न्याय पाउनुपर्छ भन्ने हाम्रो स्पष्ट धारणा छ । यसबारे हामी विस्तृतमा पत्रकार सम्मेलन गरेर जानकारी दिनेछौँ ।’
नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी र सम्राट चौलागाईंमाथि षडयन्त्र गरेको आरोप लगाएका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ः
पललाई फसाउन समीक्षालाई स्काईरहेको दुर्गेशको यो गोप्य अडियो सुन्नुहोस् ।