अनखबर
संसदमा एमसीसी पेश भएपछि पहिलोपटक संसदमै एमसीसीमाथी छलफल गर्न भन्दै आज संसद आव्हान गरिएको थियो । संसद बैठक बस्नुअगाबै वानेश्वर क्षेत्रमा ठूलो मात्रामा प्रहरी परिचालन गरियो । तर प्रदर्शनकारीहरुको संख्या अत्याधिक भएपछि स्थिती नियन्त्रणमा लिन नसकिने भन्दै संसद बैठक स्थगित गरिएको छ । सरकारको आग्रहमा बैठक स्थगित भएको हो ।बैठक शुक्रबार १ बजेसम्मका लागि स्थगित भएको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए । संसद सचिवालयले एक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको छ ।


छलफलमा प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र र माधव नेपालको समाजवादी दुवै दलले अस्वीकृतीसहितको छलफल राख्ने भएकोले विरोधको स्वर बढि हुने भएपछि संसद अवरुद्ध गरिएको कतिपयको बुझाई छ । तर सरकार भने एमालेसँग थप छलफल गरेर पास गर्नेगरी संसद आव्हान गर्न चाहेको देखिन्छ, तर एमाले झनै धर्मसंकटमा छ, हिजोसम्म संसद चल्न नदिएको एमालले एमसीसी पास गर्नलाई संसद चल्न दियो भने सभामुखमाथी महाअभियोग लगाउनुपर्ने उस्को तर्क छ । सरकारलाई अप्ठारोमा पारेको भन्दै गठबन्धनभित्रैबाट अनेक समिकरणहरु सुरु भएका छन् । एमसीसीकै कारणले पुन संसद विघटनको दिशामा जाने र निर्वाचनको तयारी गर्नुपर्ने अवस्था पनि आउन सक्छ । तथापी एमसीसि पास गर्न कांग्रेसले जस्तोसुकै मुल्य चुकाउने घोषणा गरिसकेको हुँदा अन्तिमसम्म कांग्रेसले प्रत्यत्न गर्ने बुझिएको छ । त्यसो हुन नसके, सरकार बनाउने कसैपनि बहुमत नपुग्ने भएपछि अन्तरिम मन्त्रिपरिषद् गठन गरेर चुनावमा जाने सम्भावना पनि उस्तै बलियो देखिन्छ ।