अनखबर
पछिल्लो साता नेपाली राजनीति एमसीसी वरिपरि नै घुमिरहेको छ , कहिले गठबन्धन विषय त कहिले संसदमा पक्ष विपक्षमा मतदान गर्ने विषयले संसद चर्काईरहेको छ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन धरापमा परेको बताएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि महामन्त्री नजाने बताए । ‘यो गठबन्धन अघि जाँदैन । धरापमा पुगिसक्यो,’ थापाले भने।
गठबन्धनबाट एमसिसी पार नलाग्ने थापाको भनाइ थियो । ‘अब गठबन्धनबाट पार लाग्दैन। एमसिसीका विषयमा गठबन्धनसँग छलफल गर्न आवश्यक नै छैन,’ थापाले भने। प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच साँझ ७ बजे पु्नः छलफल हुने थापाले जानकारी दिए।
‘दल सरकार र गठबन्धनको विषय होइन। राष्ट्रको विषय हो। तपाईंहरुले दर्ता गर्नुभएको विषय हो। सदनको अवरोध हटाउने सबै विकल्पमा छलफल गरौं भन्ने कुरा प्रधामन्त्रीज्यूले राख्नुभयो,’ थापाले भने। गठबन्धन टुटेको अवस्थामा प्रधानमन्त्रीलाई बहुमत पुग्दैन, बहुमत पु¥याउन एमालेले साथ दिनुपर्छ । तिक्ततापूर्ण राजनीतिक सम्बन्धका कारण पुन प्रचण्ड र एमालेहरु मिल्ने सम्भावना निकै कम देखिन्छ, त्यसकारण पनि एमाले र कांग्रेसको सरकार बन्ने, समामुखलाई महाअभियोग लगाएर हटाउने र चुनावको मिति घोषणा गर्ने एउटा विकल्प हुनसक्छ । तर प्रचण्डको पछिल्लो दौडधुपले राजनीतिक कोर्ष फेरिने देखिन्छ । यता एमसीसी विरुद्ध सडकमा नारावाजी र आन्दोलन चलिरहेको बेला राजनीतिक समिकरणको बहस सुरु भैसकेको छ ।