अनखबर
पाँच दलको गठबन्धनबाट बनेको कांग्रेस नेतृत्वको सरकारबाट गठबन्धन बाहिरिने भएको छ । सरकारले टेबुल गरेको एमसीसीको विपक्षमा उभिएपछि नैतिकताको आधारमा गठबन्धनबाट बाहिरिने आन्तरिक निर्णय नेकपा माओवादी केन्द्रले गरिसकेको बुझिएको छ । विश्वस्त स्रोतले अनखबरलाई बताएअनुसार, भोली नै सबै कांग्रेसइतरका मन्त्रीहरुले राजीनामा दिनुहुनेछ, तर सरकारलाई समर्थन भने रहने छ । यही सरकारको नेतृत्वमा देश चुनावमा जाने र ताजा जनादेश लिने स्रोतको भनाई छ । स्रोतले भन्छ, केन्द्रिय सरकार छोडेपनि प्रदेश सरकारमा भने समिकरण जारी रहन्छ, सम्भवत चुनावसम्म जादा वातावरण अर्काे नबने स्थानीय चुनावमा समिकरण भएर जानसकिने पनि स्रोतले अनखबरलाई बतायो । यसअघि ओलीसंँगको भेटघाट कांग्रेसको सरकारलाई समर्थन गर्न भन्दै देउवा गएपनि एमालेले हालसम्म निर्णय गरिसकेको छैन ।