नेकपाका नेता संगम पुन १८ महिनापछी जेलबाट रिहा हुनुभएको छ । नेकपामाथी प्रतिबन्ध लगाएको बेला गत बर्ष २०७७ साउनमा पक्राउ परेका पुनलाई लामो समय झुटा मुद्दामा तौलिहवा कारागार राखिएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागी उहाँलाई काठमाडौं लगिएको थियो, काठमाडौंस्थित केन्द्रिय कारागार नख्खु जेलबाट उहाँलाई रिहा गरिएको हो । सरकारसँग ३ बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका धेरै नेताहरु अहिलेपनि झुटा मुद्दामा जेलजीवन विताईरहेका छन् ।