अनखबर
नेकपाका नेता एवं तत्कालीन रूपन्देही जिल्ला इन्चार्ज टेकबहादुर पुन ‘सङ्गम’ लाई नेकपाका महासचिव विप्लवले स्वागत गरेका छन् । पार्टीको केन्द्रीय सम्पर्क कार्यालय कपिलवस्तुमा आज बिहान महासचिव विप्लवले सङ्गमलाई स्वागत गरेका हुन् । २० महिनासम्म झूट्टा मुद्दामा जेल जीवन विताएका उनलाई स्वागत गर्दै जेल मोर्चा जितेर क्रान्तिमा लामबद्ध भएकोमा महासचिवले बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।
नेकपाका युवा नेता सङ्गमलाई सरकारले कर्तव्य ज्यानलगायत कयौँ झूट्टा मुद्दा लगाएर केन्द्रीय कारागार काठमाडौँमा राखेको थियो । उनी जिल्ला अदालत कपिलवस्तुको आदेशमा बिहीबार रिहा भएका हुन् ।
काठमाडौँमा बिहीबार रिहा भएपछि उनलाई बुद्धनगरमा रहेको नेकपाको केन्द्रीय सम्पर्क कार्यालयमा नेकपाका केन्द्रीय समितिका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’, नेकपाका केन्द्रीय सदस्यहरू बन्धु चन्द, प्रज्वलन, आस्था, खुमा सुवेदी, आदर्श, अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही, युवा सङ्गठन नेपालका अध्यक्ष पाटन जङ्गली, युवा सङ्गठनकी महासचिव विदुषीका साथै कर्यालय टिमले स्वागत गरेको थियो ।