अनखबर
नेपाल कम्युनिष्ट पार्टीसहितका ६ कम्युनिष्ट पार्टीले आयोजना गरेको नेपाल बन्दको क्रममा कतै झडप, पक्राउ र तोडफोडका समाचारहरु आईरहेको बेला यता काभ्रेको बनेपामा भने शंस्कास्पद बस्तु भेटिएको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।
अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । बन्दले यता बुटवल लगायतका पश्चिमी क्षेत्रमा पनि ठूलो प्रभाव देखिएको छ ।