अनखबर
विभिन्न आन्दोलन र शसस्त्र युद्धका बेला प्रयोग ह्ुने कुकर बम संसद भवन अगाडीको मुख्य सडकमा भेटियो । बम सेनाले डिस्पोज ग¥यो तर सो बम कस्ले र किन राखेको हो भन्नेबारे एकिन भएको छैन । तथापी आज बन्दको आव्हानकर्ता नेकपासहितका ६ कम्युनिष्टले सशक्त बन्दको आव्हान गर्दा सो बम राखिएको अनुमान गर्न सकिन्छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । उता काभ्रेपलाञ्चोकको बनेपा बजार नजिकै पुल बजारमा आज बिहानै अरनिको राजमार्गमा राखिएको शङ्कास्पद वस्तु सेनाले निष्क्रिय पारेसँगै अवरुद्ध यातायात चलेको छ । आज गरिएको नेपाल बन्दको क्रममा बिहान बनेपा पुल बजारमा शङ्कास्पद बस्तु राखेर सडकमा यातायात अवरुद्ध गरिएको थियो । शङ्कास्पद वस्तु कालिजङग गण धुलिखेलका नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेसँगै ९:३० बजेबाट यातायात चलेको प्रहरीले जनाएको छ ।