अनखबर
एमसीसी संसदबाट अनुमोदन भएको विरोधमा आज नेकपासहित नेकपा क्रान्तिकारी माओवादी, नेपाल कम्युनिष्ट पार्टी लगायतले आव्हान गरेको बन्दको क्रममा बुटवलमा बन्द गर्न आव्हान गर्दै हिडेका नेकपाका नेता कार्यकर्तासहित दर्जनबढीलाई बुटवलको बसपार्कबाट गिरफ्तार गरेको छ ।

बन्दको क्रममा बसपार्क बाट क्रान्तिकारी (माओवादी) नेता प्रेम सुवेदी, लेखक तथा पत्रकार खोमा तरामु मगर, नेकपा रुपन्देहीका जिल्ला सदस्य बिरेन्द्र विक लगायतका संयुक्त मोर्चाका १७ नेता कार्यकर्ता गिरफ्तार भएका ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले अनखबरलाई बताए । उनीहरुलाई अहिले ईलाका प्रहरी कार्यालय बुटवलमा राखिएको थियो ।