एमसीसी पास भैसकेपछि जस लिने र त्यसमा गरिएको व्याख्यात्मक घोषणाको बारेमा सफलता र असफलता बारे चर्चा र परिचर्चा भैरहेका छन् । नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी ेकेन्द्रले आफूहरुको पहलका कारण अमेरिकी सहयोग परियोजना जस्ताको तस्तै पारित हुनबाट रोकिएको बताएईरहेको छ । ।
भने यता केपी ओलीले व्याख्यात्मक घोषणालाई मृत प्रस्तावको संज्ञा दिएका छन् । एमसीसीलाई रणनीतिक पासो बनाएर गठबन्धन टुटाएर एमसीसी पास गराउने ओलीको रणनीतिक चालबाजीले असफलता प्राप्त गरेसँगै एक पत्रकार सम्मेलनमार्फत आफ्ना गुनासो पोखे । उनले खासगरी एमसीसीको पास गरेको जस पनि लिने र गठबन्धन पनि टुटाउने मनस्थीतिमा थिए तर प्रचण्ड र माधव नेपालको व्याख्यात्मक घोषणापछीको यूटर्नले ओलीका यि दुवै रणनीति फेलमात्रै भएनन एमाललेलाई साक्षी राखेर एमसीसी पास गरियो । एकातिर गठबन्धन पनि जुट्यो अर्कोतिर एमसीसी पास पनि भयो ।
तीन वर्षअघि नै एमसीसी पेस गरिएको र त्यसपछि संसदका धेरै सत्र बसेको तर्क गर्दै ओलीले पुनः प्रस्ताव ल्याउनुपर्नेमा त्यस्तो नगरिएको दाबी गरियो ।
‘तीन वर्षअगाडि प्रस्तुत भएको भनिएको प्रस्तावलाई अहिले प्रस्तावै पेस नगरिकन गैरकानूनी ढंगले मृत प्रस्ताव, अस्तित्वमा नरहेको प्रस्तावलाई नै अस्तित्वमा छ भनेर तथाकथित छलफल गर्ने र निर्णय गर्ने असंवैधानिक र गैरकानूनी काम फेरि पनि सभामुखले गर्नुभयो,’ ओलीले भनेका छन् ।
संसदमा आफ्ना मागको सम्बोधन नगरी पेलेर अघि बढिएको ओलीले गुनासो गरे । ‘हाम्रा माग सम्बोधन गरेर हामीलाई पनि संसदमा सहभागी हुने अवस्था सिर्जना गराउनुहोस् भन्यौं,’ उनले भने, ‘तर, त्यसलाई बेवास्ता गरियो । हामीलाई पेलेर जाने काम भयो ।’
एमालेले सभामुखलाई पदच्युत गर्ने, माधव नेपालसहितका सांसदलाई कारबाही गर्ने, सर्वाेच्च अदालतमा ल्याईएको महाअभियोग फिर्ता गराउने र गठबन्धन टुटाएर पनि सरकारमा सहभागी हुनेसम्मका सबै रणनीतिमा फेलमात्रै भएको छैन, दलीय अस्तीव नै धरापमा पार्दै संसदमा नारावाजीका विच एमसीसी पास भएको छ । यस्ले आलीलाई न एमसीसीको जस लिन पाउने बनायो न त उनलाई गठबन्धन तोड्न र एमसीसी फर्काउन नै सफल बनायो ।