अनखबर
आफ्नै सहयात्रीहरुद्धारा झण्डै एक्लीएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता नारायाणकाजी श्रेष्ठले पनि प्रचण्डको साथ छोड्न खोजेको देखिएको छ ।
पार्टी छोड्ने हल्लासँगै प्रचण्डले श्रेष्ठलाई भेट्न भन्दै हात्तिवन पुगेका थिए । विभिन्न मतभिन्नताका बीचपनि पार्टी छोडिहाल्ने बारे नसोच्न प्रचण्डले श्रेष्ठलाई आग्रह गरेका थिए ।
भेटमा अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा आफहरुबीचको मतभिन्नतालाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।
‘यो विषयमा मतभेद कायम राखौं अरु कुरामा मिलेर जाऔं, पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो,’ भेटमा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग भनेका थिए । सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीमा श्रेष्ठले गरेको विरोधमा असन्तुष्टि जनाएका थिए ।पार्टी शान्तिप्रक्रियामा आउँदा समन्वयात्मक भूमिका खेलेर एकता केन्द्रमार्फत प्रचण्डसँग जोडिएका उनलाई पार्टीभित्र प्रचण्डका विश्वासपात्रको रुपमा लिईन्छ ।
‘हामी छुट्टिने निष्कर्षमा पुगेका थिएनौ, उहाँहरुले त्यो भनेपछि सोच्नुपर्यो नि,’ प्रचण्डसँगको भेटबारे श्रेष्ठले अनलाइनखबरलाई भने, ‘यद्यपि अहिले पार्टी रुपान्तरण हुन्छ कि हुन्न भन्ने कुरा उठेकै छ, राष्ट्रियतामा पनि पार्टी पुरानो अडान मा टिकेन पार्टीभित्र कार्यकर्ताताई समान ब्यवहार पनि भएको छैन भने त के गर्ने भन्ने कुरा उठेको छ ।’
श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डले आफ्नो पुरानो उक्त अभिव्यक्ति सच्याउने बताएका छन् । उनलाई कतिपयले एमालेमा जाने भनेर हल्ला चलाएपनि श्रेष्ठले मतभेद भएपनि पार्टी छोड्नेबारे केही नसोचेको बताएका छन् ।