अनखबर
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहित ६ कम्युनिष्ट दलहरुले एमसीसी लगायतको विरोध गर्दै संघर्षका कार्यक्रम घोषणा गरेका छन् । पूर्वनिर्धारित कार्यक्रम अनुसार आज फागुन २० गते काठमाडौंको खुलामञ्चमा विशाल जनसभा आयोजना गर्दै सो कार्यक्रममा एमसीसी लगायतको समसामयीक राजनीतिक विषयमा वक्ताहरुले आफ्नो धारणा राख्ने बताईएको छ ।
कार्यक्रममा नेकपाका महासचिव विप्लव, नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेकपा(क्रान्तिकारी) माओवादीका मोहन बैद्य, , राष्ट्रिय जनमोर्चाका चित्रबहादुर कार्की, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषी कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक विश्वप्रेम दुलाल आहुती, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल लगायतले सम्बोधन गर्ने बताईएको छ । नेकपा (एकिकृत समाजवादी)का बरिष्ठ नेता झलनाथ खनाल, नेकपा एमालेका नेता डा. भिम रावल नेकपा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ संसदबाट अनुमोदन भैसकेको एमसीसीको विपक्षमाबोल्दै आएकाले उनीहरु पनि आउने बताइएको थियो । तर पार्टीले विपक्षमा नबोल्न उर्दी जारी गरेपछि उनीहरु भने कार्यक्रममा नआउने नेकपाका एक नेताले अनखबरलाई बताए ।