अनखबर
८ बर्षिय बालकलाई आत्महत्या गर्ने ख्याल कसरी आउँछ होला, सुन्दै ज्यान सिरिङ्ग हुने घटना सुर्खेतमा घटेको छ । सुर्खेतमा एक बालकले मोबाइल नकिनिदिएको निहुँमा आत्महत्या गरेका छन् । वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका ८ वर्षीय बालकले मंगलबार आत्महत्या गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले भने, ‘ती बालकले परिवारकै कसैको मोबाइलमा गेम खेल्ने, भिडियो हेर्ने गर्दा रहेछन् । उनलाई मोबाइलको लत बसेपछि बुबासँग मोबाइल किनिदिन आग्रह गरेको देखिन्छ । तर मोबाइल नकिनिदिएपछि आफ्नै घरमा आत्महत्या गरेको हुनसक्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाउँछ ।’ घटनाबारे विस्तृत अनुसन्धान भइरहेको डीएसपी घर्तीले बताए ।