अनखबर
सुनवल नगरपालिका कांग्रेसले जितेको बलियो नगरपालिका हो । तर केही समय अगाडी च्ुनढुंगा व्यवसायीहरुलाई भ्रष्टचारको मुद्दा दायर भएपछि स्वतः निलम्बनमा परेका सुनवल नगरपालिका मेयर भरत थापा को ठाउँमा अहिले उपमेयर एमोलका दधिराम अर्याल त्यहाँका कामु मेयर छन् । उनले यही आफ्नो अवसरलाई प्रयोग गर्दै सुनवल नगरपालिको ५ औं स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम आयोजना गरिएको छ । सोही कार्यक्रममा प्रमुख अतिथीको रुपमा एमालेका सचिव टोपबहादुर रायमाझीलाई प्रमुख अतिथी बनाएर बोलाउने भएपछि भने सत्ता गठबन्धनको कांग्रेस माओवादीसहितका दलले कार्यक्रम बहिष्कार गर्ने भएका छन् । कसैसँग समन्वय नगरी कार्यपालिकमा निर्णय नगरी एमालेले एकलौटी रुपमा अतिथी बोलायो, हामीले गैरराजनीतिक वा साझा मान्छे बोलाउँ भन्नेका थियौ, तर एमालेले आफ्नो चुनावी सभा गर्ने तयारी ग¥यो,’ कांग्रेसका एक जना नेताले भने ।
यसअघि चुनावी प्रभावक्षेत्रको रुपमा एमाले बलियो दाबेदारी रहेपनि भरत थापाले कांग्रेसबाट जितेका थिए, उनी निलम्बनमा परेसँगै नगरपालिकाका धेरै निर्णयहरुमा एमालले मनपरी गरेको काग्रेसनीकटका नेताहरुले बताउँदै आएका छन् ।