अनखबर
बुटवल । मानव अधिकार तथा शान्ति समाज रूपन्देही शाखा लगातार तेस्रोपटक देशभरमै उत्कृष्ट बन्दै ह्याट्रिक गरेको छ, यसअघि २ पटक उत्कृष्ट बनेको रुपन्देही शाखा देशभरका शाखाहरूमा उत्कृष्ट कार्य सम्पादन गरेको र मानव अधिकारको क्षेत्रमा सक्रिय भएको भन्दै कपिलवस्तुमा आयोजित २४ औं राष्ट्रिय परिषद् बैठकमा प्रशंसापत्रसहित सम्मान प्रदान गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि डा देबेन्द्र राज पाण्डे, संस्थापक सभापति कृष्ण पहाडी, केन्द्रीय सभापति गोबिन्द खनाल लगायतले रूपन्देही शाखालाई सम्मान प्रदान गरेका हुन् ।
सम्मान ग्रहणपछि सभापति डि पि खनालले सबैको योगदानले शाखा उत्कृष्ट बनेको भन्दै सहकार्य जारी राख्ने बताए । रूपन्देही शाखा यसअघि पनि पोखरा र दाङमा सम्पन्न राष्ट्रिय परिषद् बैठकमा सम्मानित भएको सचिव कपिल ज्ञवालीले जानकारी दिए । डि.पी. खनालको नेतृत्वमा आएसँगै सामाजिक रुपमा सक्रिय बनेको यो संस्थाले नियमित कार्यक्रमहरु गर्दै आईरहेको छ ।