अनखबर
साताकै विवादित र चर्चीत बनेको पीर गितको एक सातामै १ करोडले हेरिसकेको गीतलाई पुन सम्पादित गरेर प्रकाश सपुतले आफ्नो गित पुन अपलोड गरेका छन् । माओवादी आन्दोलन र त्यसका जनसेनाको स्थितीलाई लिएर बनाईएको सो गीतको एउटा दृश्यले गर्दा गीतको चर्चा भन्दा धेरै विवाद भएको थियो ।
गीतका सर्जक प्रकाश सपुतले पीरले धेरै कुरा सिकाएको भन्दै भिडियो हटाएर पुन अपलोड गरिएको उल्लेख गरेका छन्, उनले लेखेका छन्, ‘खैर, पिरले सफलता मात्रै होईन धेरै कुरा सिकाएको छ। सचेत गराएको छ । तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शकश्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समुहर समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नु पर्ने रहेछ कि जस्तो महशुस गराएको छ। सिर्जना गर्दा अझै धेरै अध्ययन गर्न प्रेरित गरेको छ। यधपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जना प्रति दर्शकले आफ्नो दृष्कोण फराकिलो बनाउने रु यो बहस हुन जरुरी छ। भैईरहोस। जे होस, पिरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृष्यले, पात्रले चित्रण गरेको सम्बन्धित समुहको आत्मसम्मानमा त चोट पुग्यो नै गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायाँमा पारिदियो। ’


दृश्यलाई अतिरञ्जना गरेर सामाजिक रुपमा विवाद ल्याउन खोजिएकोप्रती चिन्ता व्यक्त गर्दै सपुतले गल्ती महसुस गरेका छन् । उनले, माओवादी आन्दोलनलाई असर पार्ने वा कमजोर बनाउने कुनै योजना नभएको भन्दै, ‘कुनै दबाब र प्रभाव ले नभएर यो बिचमा आएका तपाईंको प्रतिक्रिया, अग्रज स्रष्टा सर्जकहरुको सुझाव, लेखक, पत्रकार, समिक्षकहरुको समिक्षा र सम्बन्धित समुहको आत्मसम्मानलाई लाई मनन गर्दै त्यो दृश्य सम्पादन गरिएको छ र नया भिडियो रि(अपलोड गरिएको छ। साथै सात दिन सम्म ट्रेन्डिङ १ मै रहेको, ५ लाख ५० हजार लाईक र ३८ हजार प्रतिक्रिया आएको , एक करोड प्लस निरन्तर हेरिएको भिडियो हटाउने निर्णय गरेको छु। केहि दृष्यमाथीको आलोचना, व्यापक चर्चा सहित व्यवसायिक सफल भएको गीत र भिडियो त हटाएको छु तर गीत र भिडियोमा गरिएको नेपाली समाजको चित्रण हटाएको छैन १ आम नेपालीको अवस्थाको प्रतिबिम्ब हटाएको छैन र हटाएको छैन सोधिएका गम्भिर प्रश्नहरु‘ उनले लेखेका छन् ।

गित हेर्नुहोस् ःhttps://youtu.be/pDNV4OnYzp8