अनखबर
आफ्नै विद्यार्थीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ गर्न भन्दै स्थानीयले विद्यालय घेर्न थालेपछि प्रहरीले यसो नगर्न आग्रह गर्दा झडपको स्थिती उत्पन्न भयो । मोरङको लेटाङस्थित शिक्षा विकास माविमा अध्ययनरत १३ वर्षीया छात्रालाई शिक्षकले बलात्कार प्रयास गरेको भन्दै विद्यालय घेराउ गर्न पुगेका स्थानीयवासीले प्रहरीमाथि आक्रमण गरेका थिए । आक्रमणमा परेर थप ७ जना प्रहरी घाइते भएका छन् । मोरङको लेटाङमा झडपमा परेर घाइते भएकी महिला प्रहरीको मृत्यु भएको छ । झडपमा गम्भिर घाइते भएकी प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको कोशी अस्पतालका मेसु यज्ञराज खरेलले रातोपाटीलाई बताए ।
आक्रोशित भिडले घरेलु हतियारले आक्रमण गरेर गम्भिर घाइते बनाएपछि उर्मिलालाई उपचारका लागी कोशी अस्पतालमा लगिएको थियो । कक्षा ७ मा पढ्ने १३ वर्षीय किशोरीलाई शिक्षकले जबरजस्ती गर्ने प्रयास गरेको स्थानीयको दाबी छ । प्रहरीले आरोपित शिक्षकलाई पक्रेर इलाका प्रहरी कार्यालय लेटाङमा ल्याएको छ ।