चार दिनदेखी जारी नेपाल कम्युनिष्ट पार्टीको १२औं केन्द्रिय समितिको बैठक कपिलवस्तुमा बसिरहेको छ । उक्त बैठकमा महासचिव विप्लवद्धारा पेश भएको राजनीतिक प्रस्तावमाथी छलफल जारी छ, ६९ जना केन्द्रिय सदस्य र ४ जना सल्लाहकार सहितको बैठकमा झण्डै दुई दर्जन नेताले आफ्नो धारणा राखिसकेका बैठकमा सहभागी एक केन्दिय सदस्यले अनखबरलाई बताए । बैठकमा बोल्ने अधिकांश केन्द्रिय सदस्यहरुले तत्काल चुनाव उपयोग नभई बष्हिकार गर्नुपर्नेमा जोड दिएका छन् । अहिले हुने चुनाव जनताको चुनाव नहुने र पैसामा भोट किनबेच हुने सम्भावना बढि भएकोले जनतालाई सचेत नगर्दासम्म चुनावमा जान राम्रो नहुने उनीहरुको मत छ । केही नेताहरुले चुनावलाई उपयोग गर्दा पार्टी झनै कमजोर हुने र हिजो बहिष्कार गरेको चुनावलाई संसदीय व्यवस्थाकै चुनावमा जाँदा कार्यदिशामाथी नै प्रश्न उठ्ने कतिपय नेताको तर्क छ ।
जनतामा सचेतापूवर्क मतको प्रयोग गर्न भन्न जानलाई समेत ढिला भैसकेकोले चुनाव उपयोग गर्नु झनै हानीकारक हुने अर्काे तर्क नेताहरुले गरेका छन् । बैठकमा सहभागी ४ जना सल्लाहकारहरुले पनि चुनावलाई उपयोग गर्दा धेरै कुरा ख्याल राख्न सुझाव दिएका छन्, एक सल्लाहकारले भने, ‘जनतासँग जोडिएको स्थानीय तहको चुनावमा जानै हुँदैन भन्ने होईन तर चुनाव जनताको की दलालको निर्काैल गरौं, चुनाव जितेपछि पनि के पार्टीले भनेझैं कम्युन स्थापना गर्न सकिन्छ ।’ यस्तै अर्काे एक नेताको प्रश्न थियो , के पार्टी चुनावमा जाने बेला भैसकेको हो ? बैठकमा आजपनि केही केन्द्रिय नेताहरुले प्रस्तावमाथी धारणा राख्नेछन् ।
महासचिव विप्लवले प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनमा चुनावलाई उपयोग गर्नुपर्ने विषयमा जोड दिएको छ । तर पूर्णत चुनावमै गैहाल्ने कुरा भने उल्लेख नभएको बताईएको छ । स्रोतका अनुसार चुनावमा जान मोर्चा निर्माण गर्ने र चुनावी माहोल अनुसार मोर्चाबन्दी गरेर चुनावमा जानुपर्ने बताईएको छ । केही दिन अगाडी प्रवक्ता प्रकाण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी चुनावमा जानेगरी पार्टीभित्र छलफल गरेको भन्दै ग्रिन सिग्नल दिएका थिए ।
विप्लवको प्रतिवेदनमा जनताको मत सर्वेक्षणको निम्ती भएपनि अन्य चुनाव बहिष्कार गरेर स्थानीय तहको चुनाव उपयोग गर्नु उचित रहेको तर्क गरिएको छ । आज पनि छलफलमा नेताहरुको धारणा र सुझाव लिने क्रम जारी छ, प्रतिवेदनलाई अन्तराष्ट्रिय विभागहरुमा समेत पठाई अध्ययनपश्चात लिखित सुझावहरु माग गरिएको छ । धेरैको चुनाव बष्हिकारको पक्षमा सुझाव दिएपछि चुनावलाई स्वीकारेर जाने विषयमा सम्भावना भने कम देखिएको एक नेता बताउँछन् ।प्रतिवेदनका बारेमा छलफल बहस भएपनि महासचिवको प्रतिवेदनको पक्षमा धेरै नेताहरु उभिएका छन् ।
३ बुँदे सहमती पश्चात खुला भएको नेकपाका धेरै कार्यकर्ता अझै जेलबाट छुटिसकेका छैनन्, सरकारले बैशाख ३० गते एकै चरणमा देशभर स्थानीय तहको चुनाव गर्ने तयारी गरेको छ । नेकपाको बैठकबाट भोली चुनावमा जाने नजाने निर्णय गर्ने बताईएको छ ।