अनखबर
नेकपाको बैठकको निष्कर्ष कुरिरहेका पार्टीका शुभचिन्तकहरुलाई निष्कर्ष एकाएक नेताहरु खेतमा देखिएको दृश्य देखियोको छ । सबै केन्द्रिय सदस्यले आफ्नो कार्यक्षेत्र र राजनीतिक प्रतिवेदनमाथी आफ्नो रिपोर्टसहितको टिप्पणी राखेर सकिएपछि महासचिव बोल्नुभन्दा अगाडी कपिलवस्तुको शिवगढीमा रहेको केन्द्रिय जनकम्युनमा श्रममा सहभागी भएका हुन् ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, केन्द्रीय समितिका सचिवालय सदस्यहरू प्रकाण्ड, कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव, सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम गरेका हुन् ।
श्रममा सहभागी पार्टी सचिवालय सदस्य र केन्द्रीय समितिका सदस्यहरूले केन्द्रिय नेतृत्वसहित श्रममा सहभागी हुँदा नयाँ उत्साहा पैदा भएको बताएका छन् ।
शनिबार सुरु भएको केन्द्रीय समितिको बैठकमा बिहीबार खाना समयसम्म सबै केन्द्रीय समितिका सचिवालय सदस्य, केन्द्रीय सदस्य र सल्लाहकार समितिका सदस्यले महासचिव विप्लवद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा आआफ्ना सुझाव, धारणासहित आफ्नो जिल्ला, क्षेत्र, जिम्मेवारीको रिपोर्टिङ प्रस्तुत गरेका छन् । हिजो श्रम गरेसँगै आजबाट पुन बैठक सुरु भैसकेको छ, रिपोर्टिङको सार र राजनीतिक प्रतिवदेनमाथी उठेका प्रश्नको जवाफ महासचिव विप्लवले दिने पार्टी श्रोतले बताएको छ । यसैविच राजनीतिक वृत्तमा नेकपाले चुनावलाई उपयोग वा बहिष्कार के गर्ला भन्नेबारे व्यापक चर्चा र चासोका साथ हेरिएको छ ।