अनखबर
नेपाल कम्युनिष्ट पार्टीको १२ औं बैठक कपिलवस्तुको शिवगढीमा चलिरहँदा धेरै नेता कार्यकर्ताले भने क. विरजंगलाई सम्झिदैं फेसबुकमा पोष्टहरु लेखिरहेका छन् । क. विरजंग विप्लका सहोदर जेठा दाई थिए भने नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य पनि थिए । लामो समय पार्टीको कमाण्ड सम्हालेका विरजंगको निधन गत असोज २८ गते दिल्लीमा उपचारको क्रममा भएको थियो । विरंजग पार्टीभित्र स्पष्ट र आदर्शवान नेता थिए । संघर्षको कार्यक्रमका योजनाकार समेत रहेका विरजंगको उपस्थितीविनाको पहिलो पूर्ण बैठकमा धेरै नेता कार्यकर्ताले विरजंगलाई सम्झिएका छन् ।

मृत्युशैयाबाट अन्तिममा जनतालाई धोका नहोस भन्दै देहत्याग गरेका विरजंगलाई इंकित गर्दै धेरै नेता कार्यकर्ताले फेसबुकमा पोष्ट्याएका छन् । पार्टीले स्थानीय तहको चुनावलाई उपयोग गर्ने गरी राजनीतिक प्रस्ताव आउनुलाई विरजंगको अनुपस्थितीले बल पुगेको कपितयको ठम्याई छ, पार्टीले क्रान्तिकारी कदम चाल्न निर्वाचन उपयोग वा बहिष्कारलाई गौण मान्दै प्रधानमा क्रान्ति राख्नुपर्ने धेरै नेताहरुको जोड छ, एक नेताले फेसबुकमा लेखेका छन् । ‘एउटा मान्छेको ……ले कति फरक पार्दछ …………उ पनि मान्छे नै हो तर पनि ?’ यो खाली ठाउँमा विरजंगप्रती इंकित गरिएको थियो, यो स्टाटस चुनावमा जान नहुने तर्क गर्दै आएका लुम्बिनीका एक नेताको हो । १ हप्ता लामो बैठकमा धेरैले आफ्नो धारणा राखेपनी हालसम्म महासचिव विप्लवले उत्तर दिएका छैनन् । तर बाहिरिएका कतिपय समाचारको आधारमा राजनीतिक प्रतिवेदन बहुमतमा पास गर्दै चुनाव उपयोगसम्म हुने बताईएको छ । यो भन्दा अगाडी विरजंगकै नेतृत्वका चुनाव बहिष्कार गरिएका धेरै जिल्लाका नेता कार्यकर्ताहरु चुनावमा जाने अवस्था सिर्जना नभईसकेको भन्दै चुनावको विपक्षमा फेसबुकमा पोष्ट गरिरहेका छन् । मुलभूत रुपमा क्रान्तिप्रती चिन्ता व्यक्त गर्दै धेरै कार्यकर्ताले जनतामाथी धोका नहोस भन्ने विरजंगको बचन सम्झन समेत आग्रह गरेका छन् । सहमति नभएकोले विप्लवले असमत भएका नेतासँग वान टु वान छलफल गरेका छन्, विवाद भएकोले आज दिने भनिएपनि हालसम्म बैठक औपचारिकरुपमा बस्न सकेको छैन् ।