कामना सेवाविकास बैंक लि. परासीशाखाले वित्तीय साक्षरताकार्यक्रमअन्तर्गत रामग्राम न.पा. वडा नं. ४ परासीनवलपरासीमा रहेको श्रीपाल्हीबहुमुखीक्याम्पस परासीमाशुक्रबार सम्पन्न गरेको छ । विद्यार्थीलाई बैंकिङ प्रणालीको बारे जानकारी दिँदै, बैंकिङ सेवालिन सहज र सरल होस भन्ने हेतुले विगतदेखि सो शाखाले वित्तीय साक्षरता कार्यक्रम गर्दै आईरहेको छ ।

कार्यक्रममाशाखा कार्यालयका क्लस्टर प्रमुख अखलेश कुमार अग्रहरीले विद्यार्थीहरुलाई लक्षित गरी सो कार्यक्रम गरेको बताए । प्रमुखअग्रहरीले बैंकिङ ज्ञान नहुँदाविद्यार्थीहरुले पाउने सुविधादेखि बैंकिङ प्रयोगको महत्वसमेत घट्ने हुँदाबैंक यस्तो अभियान सञ्चालन गरेको समेत बताए । विद्यार्थी, प्राध्यापक सहीत१००जनाभन्दा धेरै सहभागी रहेको उक्तकार्यक्रमले विद्यार्थीमात्रैनभई अभिभावकसम्म साक्षरतापुग्ने अपेक्षा गरेको बंैककाशाखाप्रमुखअग्रहरीको भनाई थियो ।
यस्तै कार्यक्रममाबोल्दै पाल्हीबहुमुखीक्याम्पस परासीकाप्रमुखकैलाश ठाकुरले विद्यार्थीहरुलाई बैंकिङ ज्ञान दिएर व्यवहारिक शिक्षाप्रदान गरेको प्रतिशाखालाई धन्यवाद ज्ञापन गरेकाथिए । कामना सेवाविकास बैंक लि.लेवित्तीयसाक्षरता सहित सामाजिकउत्तरदायित्व सम्बन्धीकामनियमितगर्दै आईरहेको छ । राष्ट्रिय विकास बैंकको पहिचानबनाएको कामना सेवाविकास बैंकमाहाल५लाखभन्दा बढी ग्राहक छान भने १३३भन्दा बढी शाखा देशभर सञ्चालनमा छ ।