अनखबर
एक हप्तादेखी जारी नेपाल कम्युनिष्ट पार्टीको १२ औँ पूर्ण बैठक कपिलवस्तु शिवगढीस्थित पार्टीको केन्द्रीय सम्पर्क कार्यालयमा जारी छ । बैठकको नवौँ दिन आज दिउँसो २ बजे पार्टी महासचिव विप्लवले आफूले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि पार्टीका केन्द्रीय सचिवालय सदस्य, केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकार समितिका सदस्यहरूले राखेका सुझाव, जिज्ञासा र आशङ्काहरूको चित्तबुझ्दो र वैज्ञानिक विकल्पहरूसहितको जबाफ दिने कार्यक्रम रहेको छ ।
महासचिव विप्लवले पार्टीको एकीकृत जनक्रान्ति र क्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्ने क्रान्तिकारी कार्यदिशा, पार्टी नेता र जनताले क्रान्तिको चिन्ता गर्दै दिएका सुझाव, सल्लाह र आशङ्काहरूलाई सम्बोधन गर्ने र सबैको विचार र भावनालाई समेटेर क्रान्ति जारी राख्ने पक्षमा निर्णय हुने अपेक्षा गरिएको बैठकमा सहभागी स्रोतहरूले बताएका छन् ।
नौ दिनअघि गत शनिबार पार्टीको नवनिर्मित केन्द्रीय सम्पर्क कार्यालयमा सुरु भएको बैठकमा पार्टी केन्द्रीय सचिवालय सदस्य, पार्टी सल्लाहकार समितिका सदस्य र केन्द्रीय सदस्यहरूले महासचिव विप्लवद्वारा प्रस्तुत रानीतिक प्रतिवेदनमाथि गम्भीर बहस र छलफल गरेका छन् । महासचिवको प्रत्युत्तरपछि सम्भवतः आजै बैठक सकिने अपेक्षा गरिएको छ ।