अनखबर
विवाद र चर्चाका बिच नेपाल कम्युनिस्ट पार्टीको जारी १२ औ केन्द्रिय समितिको बैठकले आसन्त स्थानीय तहको चुनाव अनुकुलतामा बहिष्कार वा उपयोग गर्नेबारे स्वतन्त्रता छोड्दै विकल्पसहित महासचिवको प्रतिवेदनलाई अनुमोदन गरेको छ ।
महासचिव विप्लवको निर्वाचनमा जाने प्रस्तावमा बहुमत नजुटेपछि उक्त प्रस्तावबाट पछि हटेका छन् । पार्टी नै एकमुष्ट चुनावमा नजाने तर अनुकुलतामा स्वतन्त्र उम्मेदवार बनेर चुनावमा उठ्न सकिने गरि पार्टीले निर्णय गरेको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले अनखबरलाई बनाए ।
महासचिव विप्लवले ल्याएको राजनैतिक दस्तावेजसहितको प्रतिवेदनमा चुनाव उपयोग गर्ने नीति थियो तर धेरै नेता कार्यकर्ता त्यसको बिरोधमा देखिएपछि विप्लवको प्रतिवेदन सच्चाएर यस्तो निर्णय गरिएको हो ।
पार्टी बिभाजनको संघारमा पुगेको स्थानीय चुनावलाई बहिष्कार कि उपयोग भन्ने बिषयको तत्कालिन मध्यमार्गी हल यो भएपनी यसले आम कार्यकर्तामा झन अन्यौलको स्थिति सिर्जना भएको पनि जिल्ला तहका नेताहरुले बताउछ्न । “चुनाव उपयोग पनि हैन बहिष्कार पनि हैन, उसो भए के हो त ?” एक नेताले फेसबूकमा लेखेका छन्, ‘यस्तो अन्योलग्रस्त निर्णय केन्द्रिय समितिले गर्दा झन कार्यकर्तामा अन्योल भयो, हामीले चुनाव खारेज गर्ने कि उमेदवार बन्नेभन्ने बारे अनिर्णयको बन्दी बनियो ।’
बैठकमा सबैभन्दा पेचिलो बिषय बनेको चुनाव उपयोग कि बहिष्कारले गर्दा नेतादेखी कार्यकर्ता २ पंक्तिमा विभाजित भएका थिए । हेमन्त प्रकाश ओलि, धर्मेन्द्र बास्तोला सहित केन्द्रिय समितिको ठूलो टिम चुनाव बहिष्कारको पक्षमा उभिएको थियो । चुनावलाई पुर्ण उपयोग गर्दा सो टिम पार्टीबाट अलगसमेत हुनसक्ने आकलन थियो । तत्काल पार्टी विभाजन रोक्न यस्तो प्रस्ताव ल्याएपनी कालान्तरमा पार्टीमा विभाजन ल्याउन सक्ने देखिएको छ । एकीकृत जनक्रान्तीको कार्यदिशा पूरा गर्न जनमत संग्रहलाई पनि विशेष कार्यक्रम बनाएर दबाब दिने समेत निर्णय गरेको छ । सामाना सास्कृतिक परिवारले जनमत सङ्ग्रहको लागी कार्यक्रमहरु गर्नेछ ।
लामो समयदेखी बसेको बैठकमा चुनावबारे मध्यमार्गी बाटो अपनाएको नेकपाले चुनावबारे थप छलफल र साङ्गठनिक छलफल आज गर्ने बताईएको छ, आजै बैठक समापन हुनसक्ने बताईएको छ ।