अनखबर
झण्डै १२ दिन बसेर नेकपाको बैठक सम्पन्न भएको छ । पार्टीका महासचिव विप्लवको राजनीतिक प्रतिवेदनलाई परिमार्जनसहित पारित गर्दै नेकपाको १२ औं बैठक सम्पन्न भएको हो ।
पार्टी महासचिव विप्लवले बैठकमा प्रस्तुत गरेको‘ एकीकृत जनक्रान्तिका कार्यनीतिहरू र स्थानीय निर्वाचन’ प्रतिवेदनलाई परिमार्जनसहित पारित पारेको छ ।
१० दिनसम्म बसेको केन्द्रीय समिति बैंठकमा केन्द्रीय सदस्यहरुले राखेको विभिन्न धारणाहरुलाई संवोधन गर्दै महासचिव विप्लवले आफ्नो दस्तावेजलाई परिमार्जन गरेको पार्टीका नेताहरुले बताएका छन् ।
पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाका अनुसार पार्टीले स्थानीय निर्वाचनलाई बहिष्कार पनि नगर्ने र उपयोग पनि नगर्ने नीति लिएको छ तर चुनावमा स्वतन्त्र उम्देवार बनेकाहरुलाई अनुशासनको विषय बनाईने छैन । विभिन्न कार्यक्रममार्फत जनमत संग्रहलाई प्राथमिकतामा राखेर बैज्ञानिक समाजवाद स्थापना गर्ने शान्तिपूर्ण बाटो अबलम्बन गर्नुपर्ने विषयमा बैठक एकमत भएकोसमेत नेता बास्तोलाले अनखबरलाई बताए ।
एकहप्ता लामो छलफलमा स्थानीय चुनावको विषयलाई लिएर लामो समय विवाद रहेको भन्दै बाहिर केही मिडियाहरुमा अनावश्यक भ्रमाक समाचारहरु आएपनि त्यस्तो नभएको र अहिलेको अवस्था चुनाव उपयोग गर्दा वा बहिष्कार गर्दा क्रान्तिलाई असर पर्ने नपर्ने विषयमा छलफल भएको हो तर पार्टी विभाजन हुने अवस्थामा पुग्नेगरी भने त्यस्तो केही नभएको एक केन्द्रिय सदस्यले जानकारी दिए ।
पार्टी विभाजित हुने विभिन्न अड्कलबाजी आइरहेको बेला पार्टीलाई एकढिक्का बनाएर महासचिव विप्लवले प्रतिवेदनलाई परिमार्जनसहित पारित गरेको नेताहरुको भनाई रहेको छ ।