अनखबर
मिलेमतोमा अर्बाै रुपैंँयाको चलखेल गर्दै टेण्डरमा मिलेमतो गरिएको आरोप लगाउादै लुम्बिनी प्रदेशका पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले राजीनामा दिएका छन् ।
लुम्बिनी प्रदेशकै प्रतिष्ठित अस्पताल लुम्बिनी प्रादेशिक अस्पतालमा १२ सय शैयाको १० तले भवन निर्माणको लागि गत फागुन ८ गते र चैत २ गते गरी दुई पटक आह्वान गरिएको टेण्डर सार्वजनिक खरिद ऐनको दफा ३६ को उपदफा १ (ग) बमोजिम सोमबारको निर्णय अनुसार रद्द गरिएको सूचना प्रकाशन गर्दै पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराज घिमिरेले आजै राजीनामा समेत बुझाएका हुन् । उनले राजीनामा पत्रमा आफूलाई विविध काम गर्दा दबाब दिने गरेकोले काम गर्न नसक्ने भन्दै आजैका मितिमा राजीनामा दिएको पत्रसमेत सार्वजनिक गरेका छन् ।


५ अर्बको ठेक्कामा प्रतिस्पर्धामा धेरै कम्पनी आउन सक्ने हुँदाहुदैं २ वटामात्रै कम्पनीको निवेदन आएपछि सरकारले नै स्पेसिफिकेसन बनाएर सेटिङ मिलाईदिएको आरोप सिईयो घिमिरेको छ । सिईयोको स्पष्टिकरण पत्रमा भनिएको छ, ‘दुईओटा कम्पनीको हार्डकपी लिएर एउटै व्यक्ती आउनु र सरकारबले स्फेसिफिकेशन बनाउनु सेटिङ नै हो ।’
उनले पत्रमा भनेका छन्, देशप्रति गद्धारी गर्नुभन्दा मान्छेमात्रै भएर बस्न उचित ठानेर ठेक्का रद्द गर्दा दलालको दलाल बन्नु उचित नठानेर सो टेण्डर रद्द गरिएको छ ।
मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण समितिको निर्णयअनुसार टेण्डर गरिएको थियो । टेन्डर पनि रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका कांग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेण्डरमा सहभागी भएका थिए । प्रदेश सरकारले बनाएको गुरुयोजना अनुसार १२ सय शै्याको १० तलाको अस्पताल भवनको माथि हेलिप्याड समेत रहनेछ । हेलिप्याडबाट सिधै इमर्जेन्सीमा झर्ने लिफ्ट समेत बन्नेछ । प्रादेशिक अस्पतालमा भवन बनाउनको लागी फर्जी ठेक्का भएको विषयमा सुरुदेखी नै विवाद रहँदै आएको थियो, भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखी अदालतमा समेत सो बारे उजुरी परेको छ ।