अनखबर
बुटवलको वडा प्रहरी कार्यालयमा हिरासतमा रहेका एक अभियुक्तले घार्टीँ सेरियर आत्महत्याको प्रयास गरेको पाईएको छ । तामाका तार चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका रुद्रबहादुर नेपाली घाँटी रेटिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख ठगबहादुर केसीले बताए ।
बिभिन्न स्थानबाट तामाका तारहरु चोरी भएको उजुरीका आधारमा प्रहरीले शनिवार नेपालीलाई कवार्डखानामा तामा बेच्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । शनिबार पक्राउ परेका नेपाली सोमबार मध्यान्ह घाँटी रेटिएको अवस्थामा भेटिएका थिए । नेपालीले आत्महत्याको प्रयास गरेको भए पनि प्रहरीले तत्काल उद्धार गरेर उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाएको बताए । घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरी प्रमुख केसीले बताए ।