अनखबर
स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ । पार्टीभित्र चुनावमा जाने नजाने विषयमा मतभेद भैरहेको बेला पार्टी ईन्चार्जको हस्ताक्षरित विज्ञप्तीमा चुनाव स्वीकारेर जाने बताईएको छ ।
नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो ।शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।

बाग्ल्ुङ ढोरपाटनकोमा पनि ९ वटै वडामा वडाध्यक्ष टुङ्याएको समाचार बाहिरिएको छ । रोल्पाको गंगादेव गाउँपालिकामा पार्टीका केन्द्रिय सदस्यलाई प्रमुखको उम्मेदवार बनाउनेबारे सार्वजनिक निर्णय भै भईसकेको देखाईएको छ । यि लगायत थुप्रै ठाउँमा कहि निर्वाचनमा नजाने निर्णय त कहीँ निर्वाचनमा स्वतन्त्र उम्मेदवार उठाउने निर्णय भैरहेको छ ।

नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टीको १२ औं केन्द्रिय समितिको बैठकले देशभक्त उम्मेदवारलाई समर्थन गर्ने तर चुनावलाई उपयोग वा बहिष्कार नगर्ने निति लिएको थियो । केही समय अगाडी एक मिडियामा नेकपाका नेता सुदर्शनले अन्तरवार्ता नै दिई विप्लव–प्रकाण्डले पार्टी निति विपरित दल दर्ताको प्रयास गरेको र केन्द्रिय बैठक विपरित चलेको भन्दै विरोध गरेका थिए । तर यता विप्लवले भने चुनावको उपयोगलाई संसदीय व्यवस्थालाई स्वीकारेको ढंगले बुझन नहुने भन्दै पार्टी बैठकको स्पिरिडअनुसार नै हिडेको बताएका छन् । गत शुक्रबार पार्टीका प्रवक्ता प्रकाण्ड निर्वाचन आयोगमा पुगेर पार्टी वा मोर्चा दर्ताको प्रस्ताव लिएर गएका थिए तर आयोगले चुनावी रेल छुटिसकेको भन्दै अव दर्ता गर्न नमिल्नेगरी फर्कादिएको थियो, सोही क्रममा प्रकाण्डले मिडियालाई प्रतिक्रिया दिदैं, पार्टी चुनावमा जान्छ भन्ने अभिव्यक्ती दिएका थिए । सोही दिनदेखी केन्द्रिय समितिको बैठकमा चुनावको विपक्षमा उभिएका धर्मेन्द्र–सुर्दशनले भने पार्टीको निर्णयविपरित प्रवक्ता निर्वाचन आयोग पु्गेको बताएका छन्, उनले एक मिडियामा भनेका छन्, ‘उहाँहरु (विप्लव–प्रकाण्ड) पार्टीको निर्णय विपरित अगाडी बढ्नुभयो भने पार्टी पुर्नगठन गर्न हामी बाध्य हुनेछौं ।’ उनको यो अभिव्यक्तीले पनि पार्टी फुटनजिक पुगेको भन्दैसामाजिक सञ्जालमा चर्चा भैरहेको छ । तर उनको यो अन्तवार्ताबारे पार्टीको आधिकारीक धारणा आईसकेको छैन । केन्द्रिय समितिले ३ वटा निर्णय गरेको भन्दै पार्टीका केन्द्रिय सदस्य अनिल विरहीले पार्टीको धारणाबारे एउटा लेखमा प्रष्ट लेखेका छन्, पार्टी निर्वाचन आयोगमा दर्ता नगर्ने, देशभक्त र प्रगतिशिल उम्मेदवारलाई समर्थन गर्ने, लगायतका बारेमा उल्लेख छ ।

तर केही दिन अगाडी प्रकाण्ड आयोग पुग्नुले थप संशय थपेको कार्यकर्ता बताउँछन् । यता रोल्पाको केही गाउँपालिकामा उम्मेदवारी घोषणा गर्ने, कालिकोटमा पनि पार्टीका जिम्मेवारले उम्मेदवारी घोषणा गर्ने, प्यूठान लगायत केही जिल्लाहरुमा पनि पार्टी चुनावको तयारी गरेको देखिन्छ । केही समय अगाडी सूदुरपश्चिममा एमालेसँग औपचारिक बैठक ने बसेर च्ुनावी तालमेलबारे छलफल भएको भन्दै नेता ओमप्रकाश पुनले तस्वीर सार्वजनिक गरेका थिए । यस्तै कतिपय जिल्लाले भने निर्वाचनलाई बहिष्कार गर्ने निर्णयसमेत गरेका छन् । पार्टीभित्र चुनावलाई लिएर मतभेद चर्किएका छ ।