लुम्बिनी प्रदेश सत्ता गठवन्धन दलहरूले पाँच दल बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने भएका छन् ।
आज बुटवलमा बसेको सत्ता गठवन्धन पाँच दलको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनमा रहेका पाँच दल बाहेक अन्य दलहरूसँग तालमेल नगर्ने निर्णय गरेको हो ।
बैठकले चुनावी गठबन्धनका पाँच दलको प्रतिनिधित्व रहने गरी संयुक्त चुनाव प्रचार संयन्त्र गठन गर्ने निर्णय गरेको छ भने
जिल्ला स्तरीय गठबन्धन संयन्त्रको बैठकबाट सहमति कायम गरी सोको रिपोर्ट प्रदेशमा पठाउन निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले जानकारी दिए । उनले प्रतिगामी शक्तीको पराजय र गठबन्धनको विजयको लागी गठबन्धन प्रतिबद्ध रहेकोसमेत बताए ।
त्यस्तै बैठकले गबन्धन दलको संयुक्त स्थलगत अनुगमन गर्ने निर्णय समेत गरेको छ । कार्यदलमा नेपाली कांग्रेसका राजु खनाल, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सुमकान्त न्यौपाने, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अशोक कोइराला, जनता समाजवादी पार्टी अशोकुमार यादव, राष्ट्रिय जनमोर्चाका बोमबहादुर खत्री रहेका छन् । यस्तै प्रदेशका सबै वडाहरुमा र पालिकाहरुमा गठबन्धनलाई विजयी गराउनको लागी संयन्त्र गठन गरेको बताउँदै, प्राप्त उपलब्धी रक्षाको लागी गठबन्धन अपरिहार्य रहेको माओवादी केन्द्रका नेता सुदर्शनले बताए ।
बैठकपश्चात जारी गरिएको विज्ञप्तीमा विगत ७० वर्षदेखि नेपाली जनताको अनवरत संघर्षबाट प्राप्त उपलब्धी गणतन्त्र प्रतिगमनका कारण धरापमा परिसकेको र प्रतिगमनकारी राजनीतिक संकट अझै समाप्त भई नसकेको भन्दै बैठकले आन्दोलनको उपलब्धी रक्षाका लागि गठबन्धनको आवश्यकता अपरीहार्यता बढ्दै गइहेको बताईएको छ ।
विज्ञप्तिमा नेपाली कांग्रेस सभापति अमरसिंह पुनमगर नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र अध्यक्ष सुदर्शन मराल, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी सचिव राजु गुरुङ, जनता समाजवादी पार्टी अध्यक्ष अशोकुमार यादव,राष्ट्रिय जनमोर्चा नेपाल उपाध्यक्ष बद्रे आलमको हस्ताक्षर रहेको छ । स्थानीय तहको चुनाव आगामी बैशाख ३० गते हुँदैछ ।