शिव डुम्रे/स्याङ्जा
विहानको खाना खाएपछि प्रायजसो डाडाखर्कका मगर समुदायमा एउटा सस्कृति छ । कोही गाईगोरु लिएर माहारा लाग्ने, कोही घरखेतको काममा लाग्ने अनी कोही नियमित किनमेल र प्रशासनीक कामको लागी झोलुङ्गे बायाटाँरी, वालिङ देखी गल्याङसम्म पुग्ने । यो कार्य डाडाखर्कमा नियमित चल्छ । उसैपनि गाँउमा ३ वटा जीपहरु नियमित ओहोरदोहोर गर्ने हुँदा यो कर्म झनै सहज बनेको छ । तर यही दैनिकीको बीच बैशाख ४ गतेभने समग्र डाडाखर्कको लागी कालो दिन बनेर आयो । नियमित विहानको खाना समयपछि दैनिक किनमेल र बजारको लागी घरबाट निस्किएको ५ मिनेट नपुग्दै जीवनको देहलिला समाप्त हुन पुग्यो । सधै महारा र घासको लागी जाने खरबारी एकाएक चिहानमा बदलियो ।
वालिङ पुगेर फर्कने आशामा जीप चढेकाहरु ५ जना कहिल्यै नफर्कनेगरी गए । डाडाखर्ककै ६५ बषिय वीर बहादुर डाला, ६५ बर्षीय कुल कुमारी कनौजे, ४५ बर्षिय हिरा डाला, २५ बर्षिय शर्मीला सारु र ७ महिने दुधे बालक गौरव सारु अव हाम्रो सामु कहिल्यै फर्कनेछैनन् । क्षणभरमै यती ठूलो मानवीय क्षती अकल्पनीय मात्रै होईन निकै उद्देलित बनाउने घटना बनेर आयो । विहान १० बज्न नपाउँदै घरबाट छुटेको गाडी केही समयमै सडकबाट दुईवटा सडक नाघेर पाखोमा अड्कीयो । गाउँभन्दा पाखाँपट्टि भएकोले दुर्घटना भएको समयमै देख्ने मान्छे भएन, सिर्सेकोटबाट पैदल झरिरहेकी एकजना महिलाले देखेपछि गाउँभरी एकैछिनमा फैलियो । घटनास्थलमा पुग्नुभएका डाडाखर्ककै बासिन्दा एवं पत्रकार प्रकाश डुम्रेले त्यो दृश्य देखेपछि कसैलाई फोन गर्न भ्याउनुभएन्, ३ वटा एम्बुलेन्स, वडा प्रहरी कार्यालय वालिङका प्रमुख ढकेन्द्र खतिवडालाई खबर गरेपछि फेसबुकमा एउटा दुर्घटनाको जानकारी दिने स्टाटस लेखेर खरबारीमा गुहार मागिरहेका घाईतेहरुको उद्दारमा लाग्नुभयो । डुम्रे सम्झनुहुन्छ, ‘दिदिहरुले गुहार गुहार भन्दै हुनुन्थ्यो, खरबारीबाट माथि निकाल्न बडा मुस्कील भैरहेको थियो, जताततै रगतका बीच हामीले सकेजति उद्दार ग¥यौं । दुर्घटनाको केही समयमै गाउँभरीका युवाहरु, प्रहरी र सुरक्षाकर्मी लगायत सबै विभिन्न गाउँबाट मानिसहरु आउनुभयो । घटनाका प्रत्यक्षदर्शी अर्का युवा मिनु डाला भन्नुहुन्छ, ‘यो घटना हाम्रो लागी कालो दिन हो । निकै भावुक र उद्देलित भएका छौं ।’
दुर्घटनामा घाइते ६५ वर्षीय अङ्ग बहादुर डाला, ५५ वर्षीय माया कुमारी सारु, ३५ वर्षीय योगेन्द्र थापा, १८ वर्षीय नविना सारु, वर्षीय १९ की लक्ष्मी डाला र सवारी चालक ६० वर्षीय दल बहादुर थापा सामान्य उपचारपछि पोखरा रिफर गरिएको छ, उहाँहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरौं ।
ग १ ज ७३९९ नम्बर जीप स्थानीय दलबहादुर थापा आफ्नै हो, उहाँले विगत लामो समयदेखी गाडी चलाउँदै आउनुभएको थियो । केही समय अगाडीमात्रै हामी आफैं सवार गरेको त्यो जीपबाट आज आफ्नै आमाबुवा र दाजुभाईको दुखद घटना हुँदा निकै निशब्द बनाएको छ ।
एकातिर अप्ठयारो भूगोल, अर्काेतिर खराब सडक त्यसकै शिकार बन्यो डाडाखर्क गाउँ । एउटै परिवार बनेर बसेको डाडाखर्क क्षणभरमै क्षतविक्षत हुन पुग्यो, डाडाखर्कले ५ जना परिवारका सदस्य गुमायो, एउटा कालो दिनको रुपमा यो घटनाले सधै विक्षिप्त बनाउनेछ । सडकलाई स्तरोन्नती र विकट भूगोललाई सहज बनाउन सम्बन्धित निकायहरुले बेलैमा नसोच्दा निर्दाेष नागरिकहरु बर्षाैदेखी यसैगरी गुमाउनुपर्ने बाध्यता छ । यतीबेला सिंगो डाडाखर्कसँगै समग्र वालिङ नगर शोकमा डुबेको छ, यतिबेला सात्वना र समवेदना मात्रै होईन एउटा अठोट र प्रतिबद्धता पनि चाहिएको छ, सकडकै कारण निर्दाेष नागरिकको ज्यान जीम्मा राज्यले दायित्व लिनुपर्दछ, शोकसन्तप्त समग्र गाउँबासीहरुलाई हार्दिक समवेदना, घाईते सबैलाई शिघ्र स्वास्थ्यलाभको कामना ।