काठमाण्डौं
नेपाल आयल निगमलाई इण्डियन आयल कर्पोरेशनले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आयल निगमले दिएको जानकारीअनुसार भारतले पठाएको पछिल्लो मूल्यसूचीमा डिजेलको मूल्य बढेर र पेट्रोलको मूल्य घटेर आएको छ ।
नयाँ मूल्यसूचीअनुसार डिजेलको मूल्य २.२ रुपैयाँ र हवाई इन्धनको मूल्य ३८ पैसा बढेर आएको छ । यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ४.७९ रुपैयाँ घटेर आएको छ ।