बुटवल-१३
निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशले बुटवलको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि शान्तीपूर्ण धर्ना कार्यक्रम गरेको छ ।

निर्माण सामाग्रीमा भएको अप्रत्यासित मुल्य बृद्धिले निर्माणको काम गर्न नसक्ने भन्दै मुल्यबृद्धि नियन्त्रण र अनुगमनको माग राख्दै शान्तीपुर्ण धर्ना कार्यक्रम गरेको हो ।

त्यस बाहेक महासंघले अहिलेको चलिरहेका आयोजनाको म्याद थप, सार्वजनिक खरिद नियमावली ०६४ को ११ औं संशोधनका केही प्रावधानहरुमा क्रुटि रहेको भन्दै त्यसलाई सच्चाउन पनि माग गरेको छ । विमा निर्देशिकाले निर्माण व्यवसायीलाई कस्न खाजेको भन्दै निर्देशिका विरुद्ध पनि आफुहरुको आन्दोलन रहेको व्यवसायीले बताएका छन् ।

पुराना मितिमा ठेक्का लिएका योजनाहरु अहिले निर्माणकै क्रममा रहदा निर्माण सामाग्रीको मुल्य अस्वभाविक रहेको र काम नै गर्न नसकिने अवस्थामा पुगेको महासंघकी उपाध्यक्ष मञ्जु भुसालले बताउनुभयो