बुटवल-१४
नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको निर्वाचन बष्किार गरेको छ ।

बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले संसदीय व्यवस्था असफल भैसकेकाले स्थानीय तहको चुनाबको औचित्य नभएको भन्दै चुनाब वहिष्कार गरेको हो ।

अन्य राजनीतिक दलहरुले आगमी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आआफ्ना उमेदवार जिताउन प्रचार–प्रसारमा लागेका छन् । तर बैद्य नेतृत्व नेकपा क्रान्तिकारी माओवादीले भने चुनाव बहिष्कारको प्रचारमा लागेको छ ।

चुनाव बहिष्कारमा लागेको सो पार्टीले बुधबार रुपन्देहीको बुटवलमा कोणसभा गरी स्थानीय तहको चुनाव बहिष्कार गर्न आह्वान गरेको छ ।संसदीय व्यवस्थाबाट देश र जनताको मुक्ति सम्भव नहुने नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य रामसिंह श्रीषले बताउनुभयो ।

उहांले अहिलेको राज्य व्यवस्थामा हुने चुनावबाट जनताको राज्यसत्ता स्थपना नहुने भएपछि स्थानीय चुनाव बष्किार गरिएको बताउनुभयो । सत्तामा रहेका दलहरुले राष्ट्रघाती काम गरेको आरोप लगाउंदै राष्ट्रघातीहरुले गराउने चुनावमा सत्ताको आडमा दमन हुने र निष्पक्ष नहुने भएकाले पार्टीले चुनाव बष्किारको नीति ल्याएको बताउनुभयो ।