स्याङ्गजा, बैशाख-२०

कांग्रेसको गण मानिने स्याङ्गजाको चापाकोट नगरपालिका ५ न. वडामा कांग्रेस परित्याग गरि नेकपा एमालेमा पार्टी प्रबेसको लहर  संगै चापाकोट नगरपालिकामा एमालेको सरकार हुने निश्चित भयको छ ।

चापाकोट नगरपालिकाको नगर प्रमुख (मेयर) पदमा युवा जोश जागर बिकाशप्रेमी नेता राजु कोइराला र नगर उप-प्रमुखमा युवा नेत्री शृष्टि मल्ल ले उम्मेदवारी दर्ता गराए संगै चापाकोट नगरपालिकाका हरेक वडामा घरदैलो कार्यक्रमका क्रममा अन्य पार्टी परित्याग गरि नेकपा एमालेमा पार्टी प्रवेशको लहर बढेको हो । युवा जोश जागर बिकाशप्रेमी सबैको मन मुटुमा बस्न सफल युवा नेता राजु कोइराला जस्तो उम्मेदवार पाउदा नगरबासी उत्साहित बनेका छन् ।

यहि बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा आफुले ढुक्कसंग नगरप्रमुख, नगर उप-प्रमुख सहित सम्पूर्ण वडा अध्यक्ष तथा वडा सदस्यहरुको चुनाब चिन्ह सुर्यमा भोट हाली चापाकोट नगरपालिका नेकपा एमाले सरकार बनाउने स्थानियको प्रतिबद्दता छ । सम्पूर्ण नगरबासीको एउटै आवाज छ “हामि जिताउछौ राजुलाई”