सुनिल न्यौपाने,स्याङ्जा-२६

नेकपा एमाले चापाकोट नगर कमिटीले वैशाख २७ गते मंगलवार चापाकोटको सुन्तौलिटारमा आयोजना गर्न लागेको चुनावी सभालाई सम्बोधन गर्न नेकपा एमालेका उपमहासचिव एवं पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चापाकोट आउने कार्यक्रम रहेको बताइएको छ। सुन्तौलिटार बगैंचामा बिहान ११ बजे आयोजना हुने चुनावी सभालाई नेकपा एमाले केन्द्रिय कमिटि सचिव एवं पूर्व मन्त्री पदमा अर्याल लगायतका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपा एमाले चापाकोट नगरकमिटीले जनाएको छ। कार्यक्रममा रास्ट्रीय तथा स्थानीय कलाकारको बेजोड प्रस्तुति समेत रहने छ। अहिले चापाकोट लगाएत देशभर चुनावी माहोल तातेको देख्न सकिन्छ ।