तिलोत्तमा
नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमान्दार नेता खाँणले जनतालाई भेटेर तिलोत्तमाको विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि छलफल गरिरहनु भएको छ । आफ्ना योजनाहरु सुनाउँदै ती योजना पूरा गर्न रुख चिन्हमा भोट दिएर जिताउन अपील गरिरहनु भएको छ ।

नेपाली काँग्रेसको राजनीति गरेपनि आम जिल्ला बासीकालागि परी आउदा साझा नेताको रुपमा सहयोगी भुमिका खेल्ने भएकाले उहाँ रुपन्देहीको राजनीतिक बृत्तमा लोकप्रिय हुनुहुन्छ । २०२२ सालमा रुपन्देहीको मणिग्राममा जन्मिएका नेता खाँणको परिवार २०१७ सालमा रुपन्देही झरेको हो ।
उहाँ गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाणका भाइ हुनुहुन्छ । उहाँका पिता पनि काँग्रेसको राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । बाल्यकालमा २०३५ सालदेखि नै उनी बुवा र दाइको पदचाप पछ्याउँदै पञ्चायत बिरोधी आन्दोलनमा लाग्नु भएको थियो । २०४७ सालमा बुटवल बहुमुखी क्याम्पसको स्ववीयु इकाइको कोषाध्यक्ष हुनुभयो । २०५४ सालमा नेपाली काँग्रेस रुन्पन्देहीको जिल्ला कार्यसमिति सदस्य, २०६६ सालमा जिल्ला सचिव भए । हाल उनी काँग्रेस रुपन्देहीको सभापती हुनुहुन्छ ।

बिगत चार दशक देखि रुपन्देहीमै रहेर राजनीति संगसगै बिभिन्न सामाजिक संघसंस्थामा पनि आवद्ध भइ जिल्ला बासीको सेवामा निरन्तर खटिएका खाँणले यसपाली तिलोत्तमा नगरपालिकालाई सुशासन युक्त,हिंसामुक्त,सुन्दर,हरियाली र विकसित नगर बनाउने योजना सहित नगर प्रमुखको उम्मेदवार बन्नु भएको छ ।