बुटवल बैशाख ३१
प्रारम्भिक मत गणना अनुसार बुटवलको वडा नं १ मा नेपाली कांग्रेसले सूरुवाती अग्रता लिएको छ।

उक्त वडामा नेपाली कांग्रेसका खेलराज पाण्डेले ७३ मत पाउदा राप्रपाका मृगेन्द्र कुमार शेरचनले ४५ र नेकपा एमालेका बावुराम भटराईले ३३ मत पाएका छन।

अहिले सम्म उक्त वडाको २ सय मत गणना भएको छ।

वडा नं १ मा वडा अध्यक्ष पदमा भने पुतली चिन्ह लिएका स्वतन्त्र उम्मेदवारको अग्रता रहेको छ। पुतलि चिन्हमा ७० मत प्राप्त गरेको छ।

वडा अध्यक्ष पदमा एमालेले ५६ मत पाएर दोश्रो हुदा नेपाली कांग्रेसले ३४ मत पाएर तेश्रो स्थानमा छ।

यस अघि २०७४ को स्थानीय निर्वाचनमा उक्त वडामा वडा अध्यक्ष पदमा नेकपा एमालेका महेन्द्र लिगल बिजयी भएपनि  नगरप्रमुख पदमा भने बुटवलका १९ वडा मध्ये सबैभन्दा ठूलो मतान्तरले एमाले पछि परेको थियो।