अनखबर
एमालेको किल्लाको रुपमा चर्चा हुने गरेको बुटवल उपमहानगरमा एमालेका मुख्य किल्लाहरु भत्किन थालेको संकेत देखिएका छन् । मतपरिणामको प्रारम्भिक नतिजामा एमालेको किल्लाको रुपमा रहेको १ नम्बर वडामा एमालेका महेन्द्र लिगललाई हराउँदै स्वतन्त्र उमेद्वार नरेन्द्र बस्नेतले विजयी हासिल गरे । उनी नेपाली कांग्रेसका बागी उमेद्वार हुन् ।
एमालेबाट चुनावी मैदानमा रहेका महेन्द्र लिगल र कांग्रेसबाट अध्यक्षको दौडमा रहेका माधब प्रधानलाई पराजित गर्दै बस्नेतले जीत निकालेका हुन् । उनलाई कांग्रेसले केहि दिन अघि मात्रै कारबाही गरेको थियो । एमालेका महेन्द्र लिगलले ५५१ र कांग्रेस उम्मेदवार माधब प्रधानले ३४९ मत पाएको निर्वाचन अधिकृत खेदनाप पौडेलले नागरिक अनलाइनलाइ जानकारी दिए । बुटवल वडा न १ मा १९६८ मत खसेको थियो ।
त्यस्तै बुटवलको २ नम्बर वडामा सुनिल शाक्य विजयी भए । उनी एकिकृत समाजवादीबाट गठबन्धनका उमेद्वार हुन् । उनले वडाध्यक्ष समेत रहेका एमाले उम्मेदवार रमेश नेपाललाइ हराएका हुन् । शाक्य ३८ मतअन्तरले बिजयी भएका हुन् । वडा न २ लाइ एमालेले गढ भन्दै आएको थियो । यस्तै बुटवल उपमहानगरमा ४८०० मत गनेर सकिदा नेपाली कांग्रेसका खेलराज पाण्डेले १ हजारभन्दा बढी मतान्तरले अग्रता लिईरहेका छन् ।