स्याङ्जा ३ जेठ
स्याङ्जाको वालिङ नगरपालिकामा एमालेले अग्रता लिएको छ ।अहिले सम्म एमालेका प्रमुखका उमेदवार कृष्ण खाणको अग्रता कायमै छ । खाणले अहिलेसम्म  १० हजार ८९  मत पाउनु भएको छ ।

उहाँको प्रतिस्पर्धि काग्रेसका दिलिप प्रताप खाणले ७ हजार ८ सय ७८  मतले पछ्याउँदै हुनुहुन्छ । उपप्रमुखमा काग्रेसकी कविता तिवारिले ८ हजार ९ सय १५ मतसहित २ मतले अग्रता लिनुभएको छ । भने एमाले उम्मेदवार  खगिसरा थापाले ८ हजार ९ सय  १३ मत पाउनुभएको छ ।

यस अगाडि वालिङमा काङ्ग्रेसी पकड भएका वडामा समेत कृष्ण खांणकै अग्रता रहेपछि मेयरमा कृष्णको सम्भावना बढेको हो ।
बाकी गन्न शुरु नभएका वडा १३ र १४ मा समेत एमाले काङ्ग्रेसको बराबरी मत जस्तो देखिन्छ । यसरी २२ सय मतले अग्रता लिईरहेका कृष्णको मेयरमा बलियो सम्भावना देखिएको छ । उपमेयरमा भने अहिले अनुमान गर्न कठिन हुनेछ ।
onkhabar.com