बुटवल-०३
रूपन्देहीको तिलोत्तमा नगरपालिकाको मतगणना स्थगित भएको छ । तिलोत्तमा नगरपालिका वडा नं १६ को मतगणनाका क्रममा मतगणना प्रतिनिधि र मतगणनामा खटिएका कर्मचारीको मतपरिणाम फरक परेपछि मतगणना स्थगित भएको हो ।

मतगणनामा खटिएका कर्मचारीले नियतवश तथ्यांक फरक पारेको भन्दै विवाद भएपछि मतगणना स्थगित भएको बताइएको छ ।

तिलोत्तमा नगरपालिकाका निर्वाचन अधिकृत माधवप्रसाद लोहनीले मतगणना प्रतिनिधि र मतगणना कर्मचारीको मतपरिणाम फरक परेको स्वीकार गर्दै अब मतगणना सकिएपश्चात मतपत्रको पछाडि मतपरिणाम विवरण सहित हस्ताक्षर गर्ने ब्यवस्था मिलाइएको जनाएका छन् नेपाली कांग्रेसको मतपरिणाम १४१ हुनुपर्नेमा ११४ र एमालेको २५९ हुनु पर्नेमा २९६ भएपछि विवाद उत्पन्न भएको हो ।

निर्वाचन आयोगकै कर्मचारीबाट मतपरिणाम फरक पारेको थाहा पाएपछि कर्मचारी बिरूद्व नारावाजी भएको छ ।