बुटवल, जेठ -३
स्थानीय तहको निर्वाचका लागि उम्मेदवारी मनोनयन दर्ता गर्न  निर्वाचन कार्यालय भैरहवा गएका बुटवल १० का चिबहादुर गुरुङको मतदाता पत्रमा नाम भेटिएन ।

राष्ट्रिय जनमुक्ति पार्टीको तर्फबाट बुटवल उपमहानगरपालिका वडा नम्बर १० बाट खुल्ला सदस्यमा मनोनयन दर्ता गराउने बेला नाम नभेटिएपछि खोज्दै जांदा गुरुङको मृत्यु दर्ता भैसकेको भेटियो। ज्यूदो मान्छेको नाम मृत्यु दर्ताको लिष्टमा भेटिएपछि चित्रबहादुर गुरुङ स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनबाटै बन्चित हुनुभयो ।

वडा कार्यालयले मृत्यु दर्ताको लिष्टिमा आफ्नो नाम राखेकोप्रति  चित्रबहादुर गुरुङले दुख् व्यक्त गर्दै वडा कार्यालयले ठूलो गल्ती गरेको बताउनुभयो ।आफ्नो नाम मृत्यु दर्ता अभिलेखबाट तत्काल हटाएर मतदाता नामावलीमा राख्न बुटवल वडा नम्बर १० को वडा कार्यालयका सचिवलाई आग्रह गर्नुभएको छ ।

पीडित चित्रबहादुर गुरुङ र राष्ट्रिय जनमुक्ति पार्टी बुटवलले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी वडा कार्यालयबाट भएको गल्ती सच्चाउन आग्रह गरिएको छ । अब आउने निर्वाचनमा मतादाता नामावलीमा आफ्नो नाम समावेश नभए कानुनी प्रक्रियाको  बाटोमा जाने पीडित चित्रहादुर गुरुङले बताउनुभयो ।

मृत्यु नभएका व्यक्तिको भुलवस मृत्यु अभिलेखमा नाम गएकोप्रति वडा कार्यालयका सचिव रामप्रसाद पौडेलले गल्ती स्वीकार गर्नुभयो ।सहयोगी कर्मचारीहरुको भरपर्दा गल्ती भएको बताउंदै अबका दिनमा सहयोगी कमचारीको भर नपरी आफै हेरेर काम गर्ने सचिव पौडेलले बताउनुभयो । भुलवस गल्ती भएको स्वीकार गर्दै वडा सचिव पौडेलले मृत्यु अभिलेखबाट नाम हटाई चित्रबहादुर गुरुङको मतदाता नामावलीमा नाम राख्न आग्रह गर्दै गत बैशाख १३ गते र २२ गते निर्वाचन कार्यालय रुपन्देहीलाई पत्र पठाएको बताउनुयो ।