अनखबर
मतगणना जारी रहेको रुपन्देहीको तिलोत्तमा नगरपालिकामा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रमेश डुम्रेको फराकिलो मतअन्तर सहित अग्रता लिईरहेका छन् । ३२६३ मत खसेको तिलोत्तमा ५ मा अहिलेसम्म (आईतबार ३ बजेसम्म) १६१४ गणना हुँदा डुम्रे दोब्बर मतले पहिलो स्थानमा छन् । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका चेतनारायण भण्डारीले ४४१ मत प्राप्त गर्दा डुम्रेले ९७४ मत प्राप्त गरेका छन् । उनको यो मतान्तरले जित पक्कापक्की जस्तै भैसकेको छ । २०७४ सालको स्थानीय तहको चुनावमा उनै चेतनारायण भण्डारीसँग उपविजेता बनेका डुम्रे अहिले पनि विजेता बन्ने पक्कापक्की जस्तै भैसेको छ ।